१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘मिसन मंगल’ को पोस्टरप्रति तापसीको आपत्ति

मुम्बई  – बलिउड अभिनेत्री तापसी पन्नुले ‘मिसन मंगल’ को पोस्टरमा अभिनेता अक्षय कुमारलाई बढी प्राथमिकता दिएको विषयमा आपत्ति जनाएकी छिन। भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै अभिनेत्री पन्नुले फिल्मका पाँच मूख्य अभिनेत्रीहरूको तुलनामा अभिनेता अक्षय कुमारका फ्यानहरू धेरै भएकाले फिल्ममेकरले उनलाई प्राथमिकता दिएको दाबी गरेकी छिन।

‘अभिनेता अक्षय कुमार ‘मिसन मंगल’ मा देखिएका मसहित पाँच अभिनेत्रीहरू विद्या बालन, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी र नित्या मेननको तुलनामा फ्यानहरूमाझ चर्चित छन्। उनको बलिउड फिल्म हेर्ने दर्शकहरूलाई हलसम्म आउन आकर्षित गर्ने हुँदा उनलाई फिल्मको पोस्टरमा प्राथमिकता दिइएको हो,’ अभिनेत्री पन्नुले भनिन्,‘दर्शकहरूले महिलाको विषयमा केन्द्रित फिल्महरू धेरै हेर्नु जरुरी छ। कारण, फिल्ममा सबै अभिनेत्रीहरूले मेहेनतका साथ काम गरेपनि अभिनेता अक्षय कुमारका फ्यानहरू धेरै छन्। यो वास्तविकताबाट हामी भाग्न सक्दैंनौ।’

‘मिसन मंगल’ फिल्मको पोस्टरबारे दर्शकले फिल्ममेकरलाई प्रश्न गर्न सक्नेमा उनी आशावादी देखिइन्। ‘फिल्मको पोस्टर हेरेर दर्शकहरूले कामको विषयलाई लिएर महिला  र पुरुषबीच हुने भिन्नताबारे फिल्मका मेकरलाई प्रश्न गर्लान भन्ने आशा गरौं,’ उनले भनिन्। दर्शकले फिल्ममा महिलाहरूको भूमिकालाई परिवर्तन गर्ने दाबी उनले गरेकी छिन। ‘अहिले यो महिला र पुरुष भनेर भनिएपनि भविष्यमा यो केवल फिल्मको संख्यामा गनिनेछ। फिल्म भनेको व्यापार भएकाले यसको व्यापारको कुरा होला,’ उनले भनिन्।

अन्तरिक्ष यात्राको कथामा आधारित ‘मिसन मंगल’ फिल्ममा अभिनेत्रीहरू विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी र नित्या मेननभन्दा बढी ख्याति पाएका अभिनेता अक्षय कुमारले दर्शकलाई हलसम्म आउन प्रोत्साहित गर्ने अनुमान गरिएको छ। ‘मिसन मंगल’ फिल्मलाई जगन शक्तिले निर्देशन गरेका छन्। फिल्ममा अक्षयले एक वैज्ञानिकको भूमिकामा देखिएका छन्। फिल्म आगामी १५ अगस्टमा रिलिज हुँदैछ।

 

प्रकाशित: १६ श्रावण २०७६ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App