१५ चैत्र २०८० बिहीबार
कला

अन्यौलमा करिश्मा

काठमाडौं - हालै एसइई परीक्षा उत्तीर्ण गरेकी अभिनेत्री करिश्मा मानन्धर अन्यौलमा छिन। एसइईपछिको उच्च शिक्षामा व्यवस्थापन र मानविकीमध्ये कुन संकाय पढ्ने भन्ने अन्यौलतामा रहेकी अभिनेत्री मानन्धरले पढ्ने कलेज भने टुँगो लगाइसकेकी छिन।

गोदावरीस्थित सरकारी किटिनी क्याम्पसमा भर्ना भइसकेकी उनले व्यवस्थापन र मानविकीमध्ये संकाय छनोट गर्न नसक्दा नियमित रूपमा कक्षामा उपस्थित हुन नसक्ने बताउँछिन्। अन्यौलताका कारण उनले ६ दिन कक्षा छुटाइसकेकी छिन। विभिन्न सामाजिक कार्यमा सहभागी हुने गरेकी उनले मानविकी संकाय तुलनात्मक रूपमा उपयोगी हुने तर्क राख्छिन्। ‘विभिन्न सामाजिक कार्यमा सक्रिय हुन रूचाउने हुँदा मानविकी संकायमध्ये त्यसबारे विस्तृतमा जानकारी दिन्छजस्तो लाग्छ। व्यवस्थापनको तुलनामा मानविकी संकाय उपयोगी हो कि ?,’ उनी भन्छिन्।

राजधानीका विभिन्न नीजि कलेजहरूबाट उच्च शिक्षा अध्ययनको लागि अफर आएपनि उनको प्राथमिकतामा सरकारी क्याम्पस रहेको उनले बताइन्। ‘सरकारी क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दछ। यहाँ आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूमात्र पढ्छन् भन्ने मान्यतालाई हटाउन मैले सरकारी क्याम्पस रोजेकी हुँ,’ उनले भनिन्।
विभिन्न फिल्मसम्बन्धी कार्यमा व्यस्त हुनुपर्ने हुँदा उनले हप्तामा चार दिनमात्र कक्षामा सहभागी भएर अध्ययन गर्ने भएकी छिन्। उनका अनुसार अधिकांश महिलाहरु विवाहअघि कलेज गएर पढ्ने र विवाहपछि पढाई छाड्ने प्रवृति गलत हो। ‘विवाहित महिलाहरूलाई विवाहपछि घर र परिवारप्रति जिम्मेवार हुनुपर्ने मान्यताका कारण पढाई छाड्ने गरेका छन्। पढाईका लागि उमेरले छेक्दैन। महिला शिक्षित हुनु भनेको परिवार शिक्षित हुनु हो,’ उनले भनिन्।

किटिनी क्याम्पसका प्राचार्य सरोजकुमार केसीका अनुसार गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर अभिनेत्रीले सो सरकारी क्याम्पस रोजेको बताउँछन्। ‘अभिनेत्री मानन्धरले क्याम्पस भर्ना गरिसकेकी छिन। कुन संकाय अध्ययन गर्ने भनेर अन्यौलमा रहेकी उनलाई हामीले मानविकी पढ्न सुझाव दिएका थियौं। सम्भवतः उनले मानविकी संकायको कक्षा सहभागी हुनेछिन्,’ उनले भने। सो सरकारी क्याम्पसमा विज्ञान संकायको मासिक शुल्क १५ सय र व्यवस्थापन÷मानविकीको सात सय रुपैयाँ रहेको छ। अभिनेत्री मानन्धरले एसइईमा बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन्।


 

 

प्रकाशित: १६ श्रावण २०७६ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App