२३ असार २०७७ मंगलबार
कला

बिग मुभिजमा फास्ट एन्ड फ्युरियस

काठमाडौं – कमलपोखरीको सिटी सेन्टरस्थित बिग मुभिजमा हलिउडको फिल्म ‘फास्ट एन्ड फ्युरियसः हब्स एन्ड स’ को प्रिमियर सोको आयोजना गरिएको छ। बिहीबार युनिभर्सल पिक्चर्स, एप्पल इन्टरटेनमेन्ट र बिग मुभिजको सहकार्यमा ‘फास्ट एन्ड फ्युरिअस ः हब्स एन्ड सअ’ फिल्मको प्रिमियर सोको आयोजना गरिएको थियो।

अभिनेताहरू डेवान जोन्सन र जसोन स्टाथमको मुख्य भूमिका रहेको यस फिल्ममालाई क्रिस मोर्गान र ड्रिउ पिएर्सले लेखेका हुन्। ‘फास्ट एन्ड फ्यूरियसकको सिरिजको रूपमा हेरिएको यो नवौं सिक्वेल हो। यो एक्सन प्रधान फिल्मको निर्देशन डेबिड लेथान्डले गरेका छन्। शुक्रबारदेखि ‘फास्ट एन्ड फ्युरियसको हब्स एन्ड स’ रिलिज हुँदैछ।
थ्रीडी इफेक्टसहितको बिग मुभिजमा आयोजना गरिएको प्रिमियर सोमा व्यापारी र नेपाली फिल्म निकट फिल्मकर्मीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १६ श्रावण २०७६ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App