७ वैशाख २०८१ शुक्रबार
कला

प्रतिरोधको ‘घामको पहाड’ सार्वजनिक

काठमाडौं – कवि प्रतिरोध कार्कीको नयाँ कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ। बिहीबार आकृति प्रकृति प्रकाशनले प्रेस विज्ञप्तिमार्फत कवि प्रतिरोध कार्कीको नयाँ कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको जानकारी गराएको थियो।

५० को दशकदेखि नेपाली साहित्यमा सक्रिय कवि कार्कीको गद्य कविताहरु संग्रहमा प्रकाशित गरिएको हो। संग्रहमा कवि कार्कीका ३३ वटा कविताहरु समावेश छन्। राष्ट्रियता, सशस्त्र द्वन्द्व, मानवीय संवेदना तथा स्वतन्त्रता लगायत विषयलाई कविताको विषयवस्तु बनाइएका छन्। ‘नेपाली साहित्यको मुख्य विधा मानिने कविता लेखनले विभिन्न विचारहरूलाई सिर्जनात्मक शैली प्रस्तुत गर्दछ। भाषा र विचार आदान प्रदानको सशक्त माध्यम भएकाले भाव अभिव्यक्तिको माध्यम कवितालाई बनाइएको छ,’ कवि कार्कीले भने।

आकृति प्रकृति प्रकाशनले पुस्तकलाई बजारमा ल्याएको हो। ‘कविता लेखनको विधामा लामो समयदेखि सक्रिय कवि प्रतिरोधको पुस्तकमा समावेश कविताहरू सम–सामाजिक विषयवस्तुहरूमाथि केन्द्रित गरिएको छ। शब्द छनोटमा ध्यान दिएर गद्य कविता संग्रह प्रकाशन गरेका हौं,’ आकृति प्रकृति प्रकाशनका प्रबन्ध निर्देशक वैरागी जेठाले भने।

प्रकाशित: १० श्रावण २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App