१६ चैत्र २०८० शुक्रबार
कला

साहित्यिक स्रष्टा सम्मानित

काठमाडौं – आख्यानकार डा.ध्रुवचन्द्र गौतमले आफ्ना आमाबाबुका नाममा स्थापना गरेको दीप–गोविन्द स्मृति सम्मान कोषले गद्य लेखन र समालोचनामा सक्रिय स्रष्टाहरुलाई सम्मान गरेको छ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली साहित्यमा योगदान पु-याएबापत कोषले १५ हजार रुपैयाँसहितको दीप–गोविन्द स्मृति सम्मान ‘निदाउन नसकेका रातहरु’ कथा संग्रहका लागि कथाकार गोपाल अश्कलाई प्रदान गरेका थियो।

भोजपुरी साहित्य लेखनमा सक्रिय कथाकार अश्कले बालकृष्ण समका एकाङ्की र ध्रुबचन्द्र गौतमको ‘अलिखित’ उपन्यासलाई भोजपुरीमा अनुवाद गरेका थिए।

कार्यक्रममा कोष सम्मानबाट ‘अविश्रान्त’ उपन्यासका लागि डा.अम्बिका अर्याललाई सम्मानित गरिएको थियो। ‘नारी स्रष्टाका उपन्यासमा नारी बिभेद र अस्तित्वप्रतिको सचेतना’ विषयमा बिद्यावारिधी गरेकी लेखक अर्याल सृजनात्मक लेखनमा पोख्त छिन्। त्यस्तै निरन्तर गद्य लेखनमा योगदान पुर्याएबापत साहित्यकार रमेश गोर्खालीलाई यस वर्षको धच. गोतामे स्मृति सम्मान प्रदान गरिएको छ।

कोषका तर्फबाट सृजनात्मक पत्रकारितातर्फ पत्रकार बिमल आचार्यलाई १० हजार रुपैयाँ र ताम्रपत्रसहित गोपाल गोतामे स्मृति सम्मान प्रदान गरियो। यो सम्मान यसअघि पत्रकार नारायण वाग्ले, गुणराज लुइँटेल र गिरीश गिरीलगायतले पाइसकेका छन्। कार्यक्रममा साहित्यकार नगेन्द्रराज शर्मा, ध्रुब सापकोटा र रोशन थापा ‘निरव’ लगायतले बोलेका थिए।

प्रकाशित: ८ श्रावण २०७६ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App