१६ चैत्र २०८० शुक्रबार
कला

‘मैनदानी’ मा न्युड आर्टको द्वन्द्व

काठमाडौ – मानव सुन्दरता, संवेदना र स्वभावलाई केन्द्रित गरेर तयार हुने न्युड आर्टहरूको बुझाई व्यक्तिअनुसार फरक पर्ने गर्दछ। नेपाली समाजले सहज रूपमा नस्वीकारेको न्युड आर्टलाई अश्लीलतासँग तुलना गरिने गरिएको पाइन्छ। नग्नता र अश्लीलता फरक कुरा हुन् भन्ने व्याख्यामा आधारित नाटक ‘मैनदानी’अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

रूसी साहित्यकार एन्टोन चेखबको छोटो कथा ‘द वर्क अफ एन आर्ट’ बाट प्रभावित ‘मैनदानी’ स्रष्टाको कलालाई फरक पृष्ठभूमिका मानिसहरूले तिनैको विचारका आधारमा मूल्याकंन गर्ने दृष्टिकोणमाथि व्यंग्य गर्दै मञ्चन गरिएको छ। नेपाली समाजमा रूपान्तरित नाटकले यसभित्र रहेका विभिन्न पात्रको भाव बोल्दछन्। पश्चिमा देशहरूमा न्युड आर्टलाई कलाको विधाका रूपमा हेरिएको छ। नेपालमा न्युड आर्टको बुझाउन चुनौतीपूर्ण रहेको परिवेशमाथि व्यंग्य गरिएको छ।

यस नाटकमा ‘मैनदानी’ मैनबत्ती राख्ने भाँडो मात्र नभएर यौन आसनमा रहेको न्युड आर्ट गरिएको छ। समाजमा रहेको यौन कुण्ठाले न्युड आर्टलाई हेर्ने दृष्टिकोणमा नाट तयार भएको छ। नाटकमा देखिएका पात्रहरूको पृष्ठभूमिले आर्टलाई फरक विश्लेषण गरेका छन्। न्युड आर्टलाई केन्द्रित गरेर तयार भएको मैनदानीलाई नाटकमा देखिएका डाक्टर, वकिल र र्यापरले फरक भावमा विश्लेषण गरेका छन्।

कलाको महत्व बुझेरअघि बढेका कलाकारको जीवनको तीतो सत्यलाई नाटकमा समावेश गरिएको छ। मिडियाले चाहे स्रष्टालाई उचाल्न र पछार्न सक्छ भन्ने भावलाई व्यंग्यात्मक रुपमा नाटकमा देखाइएको छ। मिडियाको स्क्यान्डलले कलाकारको करियरमाथि प्रश्न उठ्ने विचारलाई प्राथमिकता दिएको छ। मिडियाको संवेदनशीलताप्रति नाटकले प्रश्न उठाएको छ।

संयोग गुरागाइँले निर्देशन गरेको नाटक ‘मैनदानी’ मा देखिएको गरिब पृष्ठभूमिका केशव (रिजन परियार) बिरामी आमाको निःशुल्क उपचार गरिदिनेबापत डाक्टर प्रतीक (आयान खड्का) लाई उपहार स्वरुप न्युड आर्टले भरिएको मैनदानी दिन्छिन्। न्युड आर्ट रहेको मैनदानी देखेर उनी आत्तिन्छन् र उपहार स्वरूप वकिल साथीलाई दिन्छन्। सो मैनदानी न्युड आर्ट बुझ्ने र्यापर जोजो (अकिंत खड्का) सम्म पुग्छ। मिडियाको अन्तर्वाताका क्रममा र्यापर र न्युड आर्टलाई लिएर सुरू भएको स्क्यान्डलले उनको करियर ओरालो लाग्न थाल्छ। ‘व्यक्तिअनुसार आर्टको बुझाई फरक हुन्छ।

आर्ट र त्यससँग जोडिएका सामाजिक र मनोवैज्ञानिक आयामहरुलाई फरक ढंगले नाटकमा प्रस्तुत गरेको छु,’ निर्देशक संयोग गुरागाइँले भने। सिक्का इन्टरटेनमेन्ट प्रा.लिले निर्माण गरेको नाटक ‘मैनदानी’लाई युनिक केसीले निर्माण गरेका हुन्। मैनदानीमा मिलन कार्की, रिजन परियार, आर्यान खड्का, अकिंत खड्का, निकिता आचार्य, देविशा लामिछाने, विकाश पन्त लगायतका कलाकारहरुले अभिनय गरेका छन्। असार १३ गतेदेखि मञ्चन भएको नाटक साउन ५ सम्म हुनेछ।

प्रकाशित: ५ श्रावण २०७६ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App