७ वैशाख २०८१ शुक्रबार
कला

‘सफलताको ग्यारेन्टी कसैले दिदैँन’

मुम्बई  – अभिनेत्री कट्रिना कैफले बलिउड प्रवेश गरेको १६ वर्ष पूरा गर्दाको उतार–चढाव रोचक भएको अनुभव सुनाएकी छिन। आफ्नो ३६ औं जन्मदिन मनाइरहँदा उनले बलिउडमा १६ वर्षको अवधिमा सफलता र असफलतालाई महसुस गर्न पाएको अनुभव सुनाइन।

भारतीय सञ्चार माध्यमसँग बलिउडमा प्रवेश गरेको १६ वर्षको अनुभव सुनाउँदै उनले टिक्नका लागि साहस र कठोरता जरुरी भएको बताइन्। ‘बलिउडमा टिक्न सजिलो छैन। यहाँ स्थापित भएर जमिरहन साहस र कठोरता जरुरी छ,’ उनले भनिन, ‘यो क्षेत्रमा सफलताको ग्यारेन्टी कसैले दिन सक्दैन।’

सन् २००४ मा ‘बूम’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी उनले संघर्ष र निरन्तरताका कारण सफल अभिनेत्रीका रुपमा स्थापित गर्न सकेको दावी गरिन। उनले सफलता हात पार्नका लागि दीर्घकालीन सोचाइ आवश्यक रहेको बताएकी छन। ‘सबैकुराको विश्लेषण गर्न मनपर्दैन। एकदिन सफल भइन्छ भनेर लागिपर्ने गरेकी छु। यसले मलाई प्रोत्साहन गरिरहेको हुन्छ ’, उनले भनिन। उनले ‘टाइगर जिन्दा है’, ‘न्यूयोर्क’, ‘एक था टाइगर’, ‘मैने प्यार क्यु किया’ र ‘जब तक है जान’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन।

 

प्रकाशित: १ श्रावण २०७६ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App