coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

शिल्पा र छविको ‘घरझगडा’ मिल्यो

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीचको घरझगडा मिलेको छ। शिल्पाले श्रीमान छविबाट घरेलु हिंसा भएको भन्दै सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन्। आवश्यक कारवाही प्रक्रिया अघि बढाउन प्रशासनले उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। 

परिसरले शिल्पा र छविलाई बोलाएर छलफल गरेपछि सहमति भएको हो। छलफलमा छविले शिल्पासँग माफी मागेका थिए। त्यसपश्चात दुबैले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले शिल्पा र छविको घरझगडा मिलेको बताए। उनका अनुसार सहमतिपत्रमा छविले शिल्पाको सुरक्षामा आँच नपुगाउने उल्लेख छ। 

घरायसी झगडामा छविले शिल्पाको कानमा असर पुग्ने गरी कुटपीट गरेपछि प्रहरीमा उजुरी परेको थियो। सहमतिपछि शिल्पा छविसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा छिन्। 

प्रकाशित: २६ असार २०७६ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App