६ वैशाख २०८१ बिहीबार
कला

श्रीमानविरुद्ध शिल्पाले दिइन उजुरी, घरेलु हिंसाको आरोप

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छविराज ओझाबाट घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। शिल्पाले ३ दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा श्रीमानबाट घरेलु हिंसा भएकाले सुरक्षाको माग गर्दै उजुरी दिएकी हुन्। 

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले घरेलु हिंसा भएको भन्दै शिल्पाले उजुरी दिएको बताए। ‘उजुरीमा घरेलु हिंसा ग-यो, कुटपीट ग-यो, थर्कायो, दुर्ब्यबहार ग-यो भन्ने छ। यो श्रीमान श्रीमतीको झगडा हो, हामी अध्ययन गर्दैछौं’, उनले भने। 

उजुरीपछि प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ। ‘छलफलमा मिलेनन भने जाहेरी लिने, प्रक्रिया अघि बढाउँछौं। कति कसुर गरेको छ, त्यसआधारमा कारवाही अघि बढाउँछौं’, एसएसपी सुवेदीले भने। 

शिल्पाले फिल्म निर्माता छबिसँग २ वर्षअघि विहे गरेकी थिइन्। शिल्पालाई छबिले नै फिल्ममा डेब्यु गराएका थिए। शिल्पा छबिकी चौथो श्रीमती हुन्। यसअघि तेस्रो श्रीमतीका रुपमा रहेकी रेखा थापाले छबिसँग सम्बन्ध विच्छेद गरेकी थिइन्।

प्रकाशित: २५ असार २०७६ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App