coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

रोबिन र जेफ फिल्म लेख्न सिकाउँदै

काठमाडौं – बलिउड फिल्मका लेखक रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले पटकथा लेखन सिकाउने भएका छन्। सोमबार नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले बलिउडका फिल्म लेखक रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले नेपालमा पहिलो पटक पटकथा लेखन सिकाउने जानकारी प्रेस विज्ञप्तिमार्फत गराएको थियो।

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना हुन लागेको पटकथा लेखन कार्यशालाका लागि स्रोत व्यक्तिको रुपमा उनीहरू नेपाल आउने टुंगो लागेको हो। आगामी भदौमा आयोजना हुने कार्याशालाका लागि उनीहरू नेपाल आउने भएको जानकारी एकेडेमीका अध्यक्ष केपी पाठकले दिए। नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला गर्न लागेको उनले बताए। ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो। कार्यशमालाले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा छ,’ उनले भने।

लेखक भट्टले ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’ र ‘चेन्नइ एक्सप्रेस’ लगायत बलिउड फिल्महरू लेखिसकेका छन्। त्यस्तै जेफले अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन्। लेखक भट्टले नेपाल आउन आफू उत्साहित रहेको बताएका छन्। ‘ नेपाल आउने रहर पहिलादेखि थियो। आफ्नो लेखन यात्रा नेपालका लेखकसँग बाँड्नलाई म साँच्चिकै उत्सुक छु,’ उनले भनेका छन्। उनीहरूले पटकथा लेखनका विभिन्न तरिकाहरू सिकाउने छन्।

कार्यशालाको सहजीकरण लेखक सम्पदा मल्लले गरिरहेकी छिन्। उनले कार्यशाला बिल्कुलै सिकारुका लागिभन्दा पनि कम्तीमा एउटा छोटो फिल्म बनाएका लागि लक्षित गरिएको बताइन्। उनका अनुसार कार्यशालापछि सहभागीहरूले एउटा पटकथा लेख्नु पर्ने र त्यसमध्येबाट एक जना विजेता छान्ने छन्। मल्लले भनिन्, ‘ उत्कृष्ट हुने पटकथाले १ लाख नगद पाउनेछ।’ कार्यशालामा सहभागी हुन इच्छुकले असार मसान्तसम्म नाम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ। आगामी भदौ ४ देखि १० सम्म मकवानपुरमा कार्यशाला आयोजना हुँदैछ।

प्रकाशित: २५ असार २०७६ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App