१६ चैत्र २०८० शुक्रबार
कला

तीन वर्षको चलचित्र पुरस्कार प्रदान गरिँदै

काठमाडौं – चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गर्ने भएको छ। बोर्डले सोमबार प्रेस विज्ञप्तिमार्फत आगामी असार २७ मा वार्षिक उत्सवको अवसर पारेर राष्ट्रपति भवनमा पुरस्कार प्रदान गर्न लागेको जानकारी गराएको छ।

‘हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले विसं. २०७३, २०७४ र ०७५ मा हुनसकेको थिएन। तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान १९ औं वार्षिक उत्सवको अवसरमा प्रदान गरिन लागेको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

समारोहमा पुरस्कृत हुनेलाई सम्मानपत्र, अवार्ड र प्रति विधामा जनही २५ हजार रुपैयाँसमेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी गराए। त्यस्तै समारोहमा तीन वर्षकै दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ। अर्को वर्षबाट यो पुरस्कारको राशि बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २५ असार २०७६ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App