१६ चैत्र २०८० शुक्रबार
कला

राजनीतिमाथि व्यंग्य गर्दै नाटक मञ्चन

भक्तपुर - वर्तमान नेपालको भद्रगोल राजनीति अवस्थामा शक्तिशाली व्यक्तिहरूको आडमा शक्तिको दुरुपयोग भइरहेको छ। यो परिस्थितिलाई व्यंग्य गर्दै भक्तपुरमा मंगलबार ‘माउजंग बाबुसाहेबको कोट’ नामक नाटक मञ्चन गरिएको थियो।

कथाकार भवानी भिक्षुले लेखेको राणकालिन पृष्ठभूमिका लेखेको ‘माउजंग बाबुसाहेबको कोट’ नाटकलाई वर्तमान अवस्थामा रुपान्तरण गरेर मञ्चन गरिएको थियो। रंग सारथीले मञ्चन गरेको नाटकमा माउजंग बाबुसाहेब तत्कालिन राणा शासक निकटस्थ विश्वासिला पात्रको रूपमा देखाइएको छ। विसं. २००७ सालको राजनीतिक व्यवस्था परिवर्तनपछि उनलाई जर्नेलले दिएको ‘बेन्सन’ नामक ब्रान्डको ओभरकोटले वर्तमान राजनीतिको दयनीय अवस्थाको चित्रण गरेको थियो।

नेताको भोजमा सहभागि उनको कोट एक्कासी मक्किएपछि नाटकले फरक मोड लिन्छ।  हाल कक्षा १० को नेपाली पाठ्यक्रममा समावेश यो नाटकको अवधि करिव एक घण्टाको थियो। नाटकमा कलाकारहरू रोहानी लामा, जेबी डिसी, कोपिला थापा, तुलसा पहाडी, अनिता थापा, किरण चापागार्इं, रोहित खत्री, दिलीप खड्का, बालकृष्ण रिजाल र छेदा शेर्पा लगायतले अभिनय गरेका थिए। निर्देशक विजय बिस्फोटले निर्देशन गरेका नाटकमा संगीत सयोजन जेबी देउजाले गरेका थिए।

‘नेपालमा राजनैतिक व्यवस्था परिवर्तन भएपनि व्यवहार परिवर्तन हुन नसकेको हाल अवस्थालाई नाटकमा समावेश गरिएको छ,’ निदेशक बिस्फोटले भने,‘ नेपाली पाठ्यक्रम अन्तर्गत कक्षा १० को अनिवार्य नेपाली विषयमा रहेको यो नाटक विद्यार्थीहरूको निम्ति महत्वपूर्ण रहेकाले विभिन्न स्कुलहरूमा मञ्चन गर्ने योजना छ।’

 

प्रकाशित: २५ असार २०७६ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App