८ वैशाख २०८१ शनिबार
कला

कुन्ता र मातृकालाई ‘योगमाया’ सम्मान

काठमाडौं  – यसवर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान कवि कुन्ता शर्मालाई प्रदान गरिएको छ। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कवि शर्मालाई २५ हजार रुपैयाँसहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

कार्यक्रममा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान डा. मातृका तिम्सिनालाई प्रदान गरिएको थियो। नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसरमा उनीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले योगमायाका बारे अनुसन्धान गर्न पहल गर्ने बताए। ‘राष्ट्रका गौरव र गहनाको खोजी र स्थापनामा पु¥याएको योगदानका लागि स्रष्टा समाज आपैmँ सम्मानित छ’, उनले भने, ‘योगमायाका बारेमा अनुसन्धान गर्न प्रज्ञा प्रतिष्ठानबाट पहल गर्नेेछ।’

नेपाल स्रष्टा समाजले २०६५ सालमा पहिलो पटक योगमाया नारी स्रष्टा सम्मान श्री रमा शर्मालाई प्रदान गरेको थियो। हालसम्म ११ जनालाई यो सम्मान प्रदान गरिसकेको आयोजकले जानकारी गराएको थियो।

कार्यक्रममा बोल्दै नारीको नाममा स्थापना भएको पुरस्कार खुसी भएको प्रतिक्रिया कवि कुन्ता शर्माले दिएकी थिइन्। ‘यस्ता पुरस्कार र सम्मानले कलम चलाउन उर्जा मिल्ने रहेछ,’ शर्मा भन्छिन्, ‘देशको परिस्थितिको ज्ञात भएर नै साहित्य र राजनीतिको माध्यमबाट समाज रूपान्तरणमा लाग्न यस पुरस्कारले थप जोश बढाइदिएको छ।’ आगामी दिनमा योगमायाको आदर्शलाई निरन्तरता दिदैं जाने जानकारी नेपाल स्रष्टा समाजमा अध्यक्ष विधान आचार्यले दिए।

प्रकाशित: २४ असार २०७६ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App