१६ चैत्र २०८० शुक्रबार
कला

'नयाँ एल्बम काठमाडौंमा रिलिज गर्छु'

काठमाडौं – नेपाल भ्रमण सिध्याएर मुम्बई फर्किएका गायक आदित्य नारायण झा नयाँ एल्बम राजधानीमा सार्वजनिक गर्ने तयारीमा जुटेका छन्। शनिबार ठमेलस्थित क्लब फरेनहाटइमा आयोजना भएको ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रममा सहभागि हुन राजधानी आइपुगेका उनले नयाँ एल्बम काठमाडौंमा सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्।

‘कन्सर्ट सिध्याएलगत्तै नयाँ एल्बम काठमाडौंमा सार्वजनिक गर्ने सोच बनाएको छु। सम्भवतः मेरो नयाँ एल्बम काठमाडौंमा सार्वजजिक गर्नसक्छु,’ उनले भने। नेपाललाई आफ्नो घर भनेका सम्बोधन गरेका उनले नेपाल आएर एल्बम रिलिज गर्ने तयारीमा रहेको जानकारी गराएका थिए।

बाल्यकालमा नेपाल स्पष्ट बोलेको स्मरण गर्दै उनले भने, ‘सामान्य मानिसहरूले बुझ्ने नेपाली बोल्ने गर्छु। नेपाली भाषा सानैदेखि बोल्ने भएकाले म सामान्य रूपमा नेपाली बोल्ने गर्दछु।’ बाल्यकालमा अंग्रेजी बोल्न नसकेर मुम्बईको धेरै स्कुलमा अध्ययन गर्न नपाएको तीतो अनुभव उनले सुनाएका छन्। ‘अंग्रेजी बोल्न नसकेकाले मुम्बईका धेरै स्कुलमा अध्ययन गर्नको निम्ति भर्ना पाइन्। म बहुभाषी परिवारमा हुर्किएको हुँदा मैले हिन्दी, मैथिली र नेपाली भाषा सिक्ने अवसर पाएको थिए। म बंगालीपनि स्पष्ट बोल्छु, ’ उनले सुनाए।

लामो समयदेखि बलिउडमा सक्रिय रहेका उनले कलामा हरेक विधाहरू विकसित हुँदै गरेकाले समयअनुसारको ट्रेन्ड पछ्याउन सक्नुपर्नेमा जोड दिएका छन्। ‘बलिउडको ट्रेन्ड समयअनुसार परिवर्तन हुने गरेको पाएको छु। मैले ट्रेन्ड पछ्याउँदै फिल्म र संगीतको विधामा काम गर्ने अवसर पाए। कहिलेकाँही मलाई एक्लै बसेर सिर्जना गर्न मन लाग्छ। कला समय तालिका अनुसार आउँदैन्। यो एकपटक दिमागमा आएपछि त्यही अनुसारको ट्रेन्ड बन्छ,’ उनी भन्छन्। सन् १९९० को दशकमा बलिउड फिल्ममा बाल कलाकारको भूमिकामा देखिएका उनले ‘मोहनी’ नामक फिल्मबाट फिल्म यात्राको सुरूवात गरेका थिए। उनले ‘परदेश’, ‘जब प्यार किसीसे होला हैं’, ‘सापित’ लगायत फिल्ममा अभिनय गरिसकेका छन्। उनले ‘सारेगामाप’ र ‘राइजिङ स्टार थ्री’ लगायत कार्यक्रमको प्रस्तोताको रूपमा देखिएका थिए।

प्रकाशित: २३ असार २०७६ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App