८ वैशाख २०८१ शनिबार
कला

गुञ्जिए तारादेवी र अरुणाका गीत

पोखरा - स्वर साम्राज्ञी अरुणा लामाको ‘नेपाली गौरव गर्छौ’ बोलको गीतलाई १२ जना पोखरेली गायिकाले सामूहिक स्वर दिँदा पोखरा सभागृह गुञ्जायमान बन्यो। उनीहरूको स्वरमा पोखरेलीले ताली र स्वरमा स्वर मिलाउदै गर्दा सभागृहको माहोल गुञ्जायमान भएको थियो।

पोखराका गायिकाहरूको संस्था ‘हार्मोनी ः द मोर्डन सङस्ट्रेसेस अफ पोखरा’ ले गायिकाद्वय अरुणा लामा र तारादेवीप्रति सम्मान गर्दै आयोजना गरेको विशेष सांगीतिक कार्यक्रममा सभागृह गुञ्जिएको थियो। करिव तीन घण्टा चलेको सांगीतिक कार्यक्रममा गायिकाद्वय अरुणा लामा र तारादेवीका गीतहरूमा पोखरेली सांगीतिक मन झुमेका थिए।

कार्यक्रममा दार्जिलिङ्की गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्णदासकी आमा तथा नृत्यांगाना रत्न दासलाई हार्मोनी सम्मानबाट र गायिका जोनिशा पौडेललाई युवा प्रतिभाको पदकले सम्मान गरिएको थियो।

दार्जिलिङ्की गायिका ग्याल्मोले ४० वर्ष अगाडी हङकङ् पुगेको बेला रेकर्ड गरिएको गीत ‘मेरो यो सानो संसारलाई’ गाएसँगै औपचारिक रूपमा कार्यक्रम सुरू भएको थियो। सम्मानलगत्तै दार्जिलिङ्की गायिका ग्याल्मोले कार्यक्रममा बोल्दै एक वर्षभित्रमा नयाँ एल्बम बताएकी छिन्। ‘उमेर सँगसँगै स्वरमा केहि उतरचढाव हुन सक्छ। तर, आँट र जोशमा कुनै कम हुँदैन। अबको एक वर्षभित्रमा नयाँ एलबम रिलिज गर्ने हौसला मिलेको छ,’ उनले भनिन्।

सो संस्था स्थापनाको तेस्रो वर्षमा आयोजित टेस्ट अफ हार्मोनी कार्यक्रममा गायिकाद्वय अरुणा लामा र तारादेवीका कालजयी गीतहरु प्रस्तुत गरिएको थियो। सांगीतिक क्षेत्रमा क्रियाशिल गायिकालाई मञ्च प्रदान गर्न र गायिकाबीच व्यावसायिक स्थापित गर्न संस्थाले वार्षिकोत्सवमा कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष इतु जोजिजुले बताईन्।  ‘पुराना गायिकाहरूलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्न यो कार्यक्रमको आयोजना गरेका हौं, ’ उनले भनिन्, ‘सांगीतिक कार्यक्रममा अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीतहरु प्रस्तुत गरेका थियौ।’

कार्यक्रममा संस्थामा रहेका ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा र एलिना गुरुङ लगायतका गायिकाहरूले प्रस्तुति दिएका थिए। उनीहरूलाई सहयोगी कलाकारहरुको रूपमा रामभक्त जोजिजु, विनोद बानियाँ र ज्ञान थापाको पनि विशेष प्रस्तुति रहेको थियो। हार्मोनीले सुगम संगीतका क्षेत्रमा रूचि भएर अवसर नपाएर आफ्नो कला प्रस्तुत गर्न नपाएका गायिकाहरूलाई प्रोत्साहन र स्टेज प्रदान गर्दै आएको छ। यसअघि ‘लेजेन्डरी हार्माेनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नाममा संस्थाले कार्यक्रम आयोजना गरिसकेको छ। पोखरामा शनिबार चर्चित गायिकाद्वय अरुणा लामा र तारादेवीलाई ‘ट्रिब्युट’ गर्र्दै आयोजना गरिएको सांगीतिक कार्यक्रम। तस्बिरः उमेश पुन ÷ नागरिक

 

प्रकाशित: २३ असार २०७६ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App