coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कसरी फसे प्रनेश गौतम ? (भिडियो)

काठमाडौं– सात दिनअघि प्रहरी हिरासतमा राखिएका यूट्युबर (मिम नेपाल)का प्रनेश गौतम अहिले हाजिर तारिखमा रिहा भएका छन्। उनलाई चलचित्र ‘विर विक्रम–२’ को आपत्तिजनक ढंगले समिक्षा गरेको भन्दै विद्युतीय कारोबार ऐन अनुसार थुनामा राखिएको हो।

फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले गौतमले फिल्मको समिक्षामा  कलाकारलाई अपशब्द प्रयोग गरी गाली गरेको र कलाकारको चरित्रलाई गलत ढंगले चित्रण गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। यसको चौतर्फी विरोध भइरहेको छ। सबैले आफ्नै किसिमले धारणा सामाजिक सञ्जालका माध्यमबाट राखिरहेका छन्।

मिम नेपालका सदस्य आयुष श्रेष्ठ भन्छन् ‘मिम नेपालले रमाइलो र दर्शकलाई हसाउँने उद्देश्यका साथ यस्तो भिडियो बनाउने गरेको छ। गौतममाथि कानुनको आडमा शक्तिको दुरुपयोग भएको श्रेष्ठ बताउँछन्। फिल्मको समिक्षा गर्नु पहिले र सामाजिक सञ्जालमा राख्नुभन्दा अगावै कलाकारसँग अनुमति मागेको र आफुहरुले अनुमति पनि पाएको श्रष्ठको दाबी छ। अनुमति पाउँदा–पाउँदै गौतमलाई जेल राखेर साइबर अपराध अन्तर्गत मुद्दा चलाएकोमा मिम नेपालको आपत्ति रहेको रहेको उनले बताए।

यस्तै नेपाल चलचित्र निर्माण संघका महासचिव रोज राणा भन्छन्, ‘गौतमले सानो गल्तीको ठुलो सजाय पाएका हुन्। उनलाई पक्राउ गरी मुद्दा चलाए पश्चात मात्र चाम्सले नेपाल चलचित्र निर्माण संघमा घटनाबारे जानकारी दिएको महासचिव राणाको दाबी छ। त्यस्तै फिल्म रिभ्यु कसले गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ भन्दै राणाले थपे ‘चाम्सले फिल्म समिक्षा गरेकोमा उजुरी दिएका होइनन् गौतमले समिक्षा गर्दा बोलेका अपशब्द, हतियार देखाएर गरेका व्यवहारप्रति विरोध गरेका हुन्।

हरेक नागरिकको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता जन्मसिद्ध अधिकार भएको चलचित्र समिक्षक संघका महासचिव सामिप्यराज तिमिल्सिनाको भनाई छ। उनका अनुसार गौतमलाई फिल्म रिभ्यु गर्ने मूल्य मान्यता तथा प्रक्रिया थाहा नभएको देखिन्छ।

यस्तै गौतमले गरेको फिल्म रिभ्यु गैरकानुनी नभएको र कानुनलाई गलत ढंगले प्रयोग गर्न खोजिएको मिम नेपालका श्रेष्ठको तर्क छ। उता महासचिव राणा भन्छन्, ‘समिक्षामा मेरो बुवा भन्नु र मेरो आमाको श्रीमान भन्नुमा फरक छ। गौतममाथि कस्तो मुद्दा चल्नु पर्ने थियो त्यो हामीलाई थाहा हुदैन् हामी प्रहरीमा गएपछि प्रहरीले नै त्यसको पहिचान गरी कानुनी कारवाही अगाडि बढाउनु पर्ने हो।’

अहिले पत्रकार तथा मिडियालाई थुन्नको लागि विद्युतीय कारोबार ऐनको प्रयोग भइरहेको र गौतममाथि चलाइएको मुद्दा घोर गैरकानुनी पूर्ण भएको र यसलाई चाडो भन्दा चाडो सच्याइनु पर्नेमा जोड दिन्छन्, संवैधानिक कानुन व्यवसायी मञ्चका महासचिव तथा अधिवक्ता अनन्तराज लुइँटेल।

गौतमलाई गलत र गैरकानुनी मुद्दा लगाएर अपराधी सावित गर्न खोजिएको मिम नेपालका कन्ट्रिव्युटर रिसभ शर्माले दबी गरे। ‘चलचित्रमा बलात्कार र गाली गलौज तथा अपशब्दको प्रयोग भइरहँदा किन यसमा कारवाही नभएको? भन्दै प्रश्न उनले प्रश्न गरे। गौतममाथि मुद्दा चलेर जेलमा जान हुदैनथ्यो भन्दै मिम नेपाल र गौतमले गल्तीको माफी मागेमा आफुहरु समझदारीमा जाने उनीहरुसँग मिलेर अघि बढ्ने उनले बताए। गौतमले गरेको फिल्म समिक्षा युट्ुबमा राखेको आधा घन्टामै हटाइएको थियो। महानगरीय अपराध महाशाखाले विद्युतीय कारोबार ऐन अनुसार जेठ २४ गते पक्राउ गरेको थियो।

प्रकाशित: ३१ जेष्ठ २०७६ १३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App