coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

वृद्धवृद्धालाई देखाइयो नाटक

भक्तपुर – भक्तपुरको भेलुखेलस्थित सिद्धि शालिग्राम जेष्ठ नगारिक आवास गृहमा रहेका वृद्धवृद्धाहरूलाई बुधबार ‘उपयोगी व्यायाम’ नामक नाटक देखाइएको छ । वीर अस्पताल काठमाडौंबाट आएका नर्सहरूले वृद्धवृद्धाहरूका लागि उपयोगी नाटक देखाएका हुन् ।

नाटकमा नर्सहरू आफैंले पुरुषको भेषमा अभिनय गरेका थिए । वृद्धवृद्धाहरूको स्वास्थ्यलाई मध्यनजर गरी नाटक देखाइएको नर्सहरूले बताए । यस क्रममा उनीहरूलाई व्यायाम पनि गराइएको थियो । यसैगरी त्यहाँं रहेका वृद्धवृद्धाहरूलाई दुई हप्तादेखि दैनिक बिहान र बेलुकी सत्संग पनि गराइँंदै आएको छ । डा. इन्दुल केसीको अगुवाईमा वृद्धवृद्धाहरूलाई दैनिक बिहान र बेलुकी गीत, भजन, आध्यात्मिक छलफललगायतका कार्यक्रम गराइएको बताइएको छ ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App