coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सलमानले उडाए शिल्पाको मजाक !

मुम्बई– बलिउड अभिनेता सलमान खानले अभिनेत्री शिल्पा शेट्टीको अभिनयमाथि मजाक गरेका छन्। 

आफ्नो आगामी फिल्म ‘भारत’को प्रवर्द्धनका क्रममा सोनी टेलिभिजनबाट प्रशारण हुने रियालिटी सो सुपर डान्सर च्याप्टर ३ मा पुगेका सलमानले उक्त कार्यक्रमकी जज समेत रहेकी शिल्पामाथि उनले रोएको अभिनयमाथि व्यंग्य गरेका हुन्। 

‘भारत’ फिल्मकी अभिनेत्री कट्रिना कैफसँग कार्यक्रममा पुगेका सलमानले सुरुमै शिल्पाको रुने नाटकमाथि व्यंग्य गरेका थिए। 

‘यो शोमा अनेक खालका जज छन्’, शिल्पातिर हेर्दै सलमानले अगाडि भने, ‘कोही धेरै रुन्छन्।’ गीतातिर हेर्दै ‘कोही धेरै हाँस्छन्।’ अनुराग बसुतिर हेर्दै भने, ‘एक बराबर छन्। सबै कुरामा सन्तुलन राख्छन्।’ सलमानको कुरा सुनेर छेउमै रहेकी कट्रिनाले भनिन्, ‘शिल्पा, सुरु भइसक्यो, आफूले आफैलाई बचाउ।’

सलमानले शिल्पामाथि व्यंग्य गर्दा कार्यक्रममा सहभागीहरु, प्रतियोगिताहरु पेट मिचीमिची हाँसेका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App