८ वैशाख २०८१ शनिबार
कला

सगरमाथामा ‘कम्पन’ सार्वजनिक

काठमाडौं – अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोस्रो संस्करण सर्वोच्च शिखर सगरमाथामा सार्वजनिक गरिएको छ। सगरमाथा आरोही कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा पुस्तक सार्वजनिक गरेका हुन्।

सन् २०१५ को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको ज्यान गएको थियो। जसमा गुगलका कार्यकारी अधिकारी डानियल पलसमेत रहेका थिए। सगरमाथा आधार शिविरमा गएको हिमपहिरोमा पुरिएर उनीहरूको ज्यान गएको थियो। हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढ सय बढीको उद्दार गरिएको थियो।

पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिँदा बाँच्न सफल नेपालीको अनुभव समेटिएको छ। महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तकमा महाभूकम्पमा आफन्त गुमाउनेहरू, मुस्किलले बाँचेकाहरू, राहत र उद्दारमा खटिनेहरू, उपचारमा खटिनेहरू र समाचार संकलनमा खटिनेहरूको जीवन्त बयान समेटिएको छ।

प्रकाशित: १६ जेष्ठ २०७६ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App