८ वैशाख २०८१ शनिबार
कला

नरेश र श्यामलाई सम्मान

काठमाडौं – चलचित्र पत्रकार संघले चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका दुई पत्रकारलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ प्रदान गर्ने भएको छ।

बुधबार बसेको संघको कार्यसमिति बैठकले चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ। संघले चलचित्र पत्रकारितामा पु¥याएको योगदानको कदर गर्दै भट्टराई र स्मृतलाई सम्मान गर्न लागिएको जनाएको छ।

त्यस्तै संघका पूर्व कार्यसमिति सदस्य तथा रातोपाटी डटकममा कार्यरत पत्रकार कुवेर गिरी र संघकी पूर्व कार्यसमिति सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कार स्वरुप उनीहरूले २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी पाउनेछन्।

यस्तै बैठकले संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। चलचित्र पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै फोटो पत्रकारका रूपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरूप पुरस्कार दिन लागिएको हो। प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ। चलचित्र पत्रकार संघ नेपालले जेठ ०७ गते २०औँ स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने कार्यक्रममा यी सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।
 

प्रकाशित: २ जेष्ठ २०७६ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App