२२ असार २०७७ सोमबार
कला

नेपालीय भोजपुरीका ‘पितामह’ मिश्रा रहेनन्

वीरगन्ज - नेपालीय भोजपुरीका ‘पितामह’ भनेर चिनिने अग्रज साहित्यकार पण्डित दीपनारायण मिश्रा अब रहेनन्। उनको गत बिहीबार बेलुका १० बजेर ३८ मिनेटमा वीरगन्ज रेशमटोलस्थित आफ्नै निवासमा ८४ वर्षको उमेरमा निधन भएको हो।

उनका छोरा मनोज मिश्राका अनुसार दीपनारायण पछिल्लो समयमा दम रोगबाट पीडित थिए। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मिश्रप्रति श्रद्धाञ्जली जनाएका छन्। ‘भोजपुरी साहित्यका भीष्मपितामह पण्डित दीपनारायण मिश्राको निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली’, प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘मातृभाषाको विकासमा उहाँले पु¥याउनु भएको योगदान सदैब अविस्मरणीय रहनेछ।’

स्तम्भकार चन्द्रकिशोरले दीपनारायणको निधनले नेपालीय भोजपुरी साहित्यमा बज्रपात भएको उल्लेख गरेका छन्। ‘नेपालीय भोजपुरी उपर बज्रपात भएको छ। पण्डित दीपनारायण मिश्र अब रहनुभएन। जसले गर्दा भोजपुरीको एउटा मजबुत खम्बा ढलेको छ। उनको कर्मठ जीवन जसरी लोकचिन्तनले उनिएको थियो। त्यस्तो बिरलै हेर्न पाइन्छ’, चन्द्रकिशोरले सामाजिक सञ्जालमा भोजपुरी भाषामै लेखेका छन्, ‘उनी गएपछि साच्चिकै भोजपुरी टुहुरो भयो।’ चन्द्रकिशोर मिश्रालाई कुनै राजनीतिक पार्टीमा आवद्ध नभईकन मोफसलको भाषाको विकास र अधिकारको पक्षमा मात्र नभई सीमान्तकृत अधिकारको पक्षमा निरन्तर संघर्ष गर्ने अथक योद्धाका रूपमा चित्रण गर्छन्।

‘उहाँमा सबै भाषाप्रति श्रद्धा थियो। भोजपुरीसँग भने अगाध माया थियो। जीवनभरी उहाँले भोजपुरीको सेवा गर्नुभएको छ’, वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रहेका समाजसेवी ओमप्रकाश सिकारियाले भने, ‘उहाँले नयाँपुस्तालाई अगाडि बढाउन २०२९ सालमा नेपाल भोजपुरी समाज र त्यसपछि वाङ्मय प्रतिष्ठान र नेपाल हिन्दी साहित्य परिषद्जस्ता संस्थाहरू स्थापना गर्नुभयो।’ नेपाल भोजपुरी समाजका उपाध्यक्ष ध्रुवसिंह ठकुरीले मिश्रालाई ‘नेपालीय भोजपुरीका जग निर्माता’को रूपमा सम्झिए।

पञ्चायती व्यवस्थामा नेपाली भाषामा समेत पत्रपत्रिका निकाल्न समस्याको सामना गर्नुपर्ने कठिन बेलामा मिश्राले आफु सम्पादक भई भोजपुरी भाषामा ‘सामाद’ नामक पत्रिका प्रकाशन गरेका थिए।

पञ्चायती व्यवस्थामा नेपाली भाषामा समेत पत्रपत्रिका निकाल्न समस्याको सामना गर्नुपर्ने कठिन बेलामा मिश्राले आफु सम्पादक भई भोजपुरी भाषामा ‘सामाद’ नामक पत्रिका प्रकाशन गरेका थिए। यो पत्रिका निस्किएपछि उनी जेलसमेत जानु परेको थियो। अवकास प्राप्त शिक्षक रहेका मिश्रा आर्थिक अभावमा जीवन निर्वाह गरिरहँदा पनि अनवरत भोजपुरीको सेवामा लागिरहे। मिश्राले दर्जन बढी कृतिहरू भोजपुरी भाषमा लेखेका छन। जसमध्ये ‘अजामिल भोजपुरी खण्डकाव्य’, ‘दोहा नीति सार’, ‘फुलझरी’, ‘अजुरी के फूल’, ‘ससुरार’लगायतका कवितासंग्रह र ‘करनीभरनी’ कथासङ्ग्रह प्रमुख छन्।

वीरगन्जमा उनलाई निर्विवाद सामाजिक व्यक्तित्वको रूपमा चिनिन्छ। उनी देशभित्र बोलिने नेपाली बाहेकका भाषाहरू भोजपुरी, नेवारी, मैथिली, मगर, तामाङ, लामा, लिम्बुलगायतले राज्यबाट सम्मान पाएर आफ्नो विकास गर्न पाउनुपर्छ भन्ने मत राख्थे। ‘सीमान्तकृत भाषाहरूमा काम गर्ने संस्था र स्रष्टाबिच सामन्जस्य होस् भन्ने पनि उहाँको ध्येय हुन्थ्यो’, स्तम्भकार चन्द्रकिशोरले सम्झिए, ‘सर्जकको रूपमा उहाँले मुलतः भोजपुरीमा  कलम चलाउनुभयो। तर उहाँको परिचय यतिले पुग्दैन। उहाँको जीवन सीमान्त अधिकारको आन्दोलनमा बितेको छ। जसको मुल उद्देश्य भाषा, अस्तित्व र अस्मितालाई स्थापित गर्नु थियो।’

शिक्षकको रूपमा पनि उनको निकै उच्च प्रतिष्ठा थियो। ‘हामी उहाँलाई भोजपुरी भाषाका मुर्धन्य साहित्यकार, असल शिक्षक एवं शिक्षासेवीको रूपमा चिन्छौं। उहाँको व्यक्तित्व, इमान्दारिता, लगनशीलता, शालिनता र नम्रताले आफैंमा महत्वपूर्ण पाटो थियो’, ठाकुराम बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका सह–प्राध्यापक देवेन्द्र मिश्र भन्छन्, ‘अब त्यस्तो व्यक्तित्व पाउन र हुन कठिन छ। उहाँलाई हामीले गुरुजी भन्छौं। गुरुजीले समाजलाई दिने मात्र काम गर्नुभयो। लिने काम कहिल्यै गर्नुभएन। गरिबीमा जीवन बिताए। भाषालाई समृद्ध बनाउन लागि रहे।’ पण्डित मिश्राको अन्त्येष्टी हिन्दु संस्कारअनुसार वीरगन्जको अशोकवाटिकास्थित घाटमा गरिएको छ।

प्रकाशित: २२ वैशाख २०७६ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App