६ वैशाख २०८१ बिहीबार
कला

लोकदोहोरी स्रष्टालाई सम्मान

काठमाडौं– स्थापनाको दुई दशकपछि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको ठमेलस्थित पोखरा दोहोरी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो समयसम्म योगदान दिएका लोक स्रष्टाहरूलाई सम्मान गरेको छ। दोहोरी नाचघरमा आयोजित कार्यक्रममा नाचघरका सुचित्रा घिमिरे तथा सुमी श्रेष्ठले लोक स्रष्टाहरूलाई सम्मान गरेका हुन्।

कार्यक्रममा गायक तथा फिल्म निर्देशक नारायण रायमाझी, गायिका बिमाकुमारी दुरा, गायक राजु परियार, रेशम थापा, खुमन अधिकारी, गायिका मञ्जु पौडेल, संचारकर्मी अनुषा पौडेल, गायक तथा सञ्चारकर्मी कृष्ण कँडेल, नृत्य निर्देशक उदिराम खड्का, शिव हमाल, बाबुराम बोहरालाई लोक गीत तथा संगीतको विकासमा पु-याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा नाचघरले नै गत शुक्रबारदेखि सञ्चालनमा ल्याएको पोखरा थकाली भान्छाघरको कलाकार नारायण रायमाझी तथा बिमाकुमारी दुराले शुभारम्भ गरे। दुई दर्जन कलाकारहरुद्वारा हरेक साँझ गायन तथा नृत्यको कार्यक्रम प्रस्तुत गरिने उक्त नाचघरमा लोक गायनमा सक्रिय रहेका कलाकारहरूले दैनिक लोक भाकाहरू प्रस्तुत गर्ने कलाकार संयोजक छवि खड्काले बताए।

 

प्रकाशित: १९ चैत्र २०७५ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App