६ वैशाख २०८१ बिहीबार
कला

मोडल परी तामाङसहित ३ जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले मोडल परी तामाङसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। युट्युव च्यानल ‘मस्ती टक टाइम’बाट अमर्यादित, अश्लील र उत्तेजित अन्तर्वार्ता दिएको भन्दै तामाङसहित दुई सञ्चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 

उक्त अन्तर्वार्ताबाट सामाजिक मर्यादामा खलल पु-याएको गुनासो आएपछि फुल्चोकी मिडिया ग्रुपका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अश्लील अन्तर्वार्ता दिने मोडल तामाङलाई परिसरको विशेष टोलीले कंलकीबाट पक्राउ गरी साइवर क्राइम अपराधमा अनुसन्धान गरिरहेको डिएसपी बोगटीले बताए।

प्रकाशित: ५ चैत्र २०७५ १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App