१६ चैत्र २०८० शुक्रबार
कला

टंक र जिएमले तताए मार्तडी

प्रस्तुती दिँदै टंक तिमिल्सेना । तस्बिर : कृष्ण /नागरिक

बाजुरा – लामो समयपछि मार्तडी गीत संगीतमा झुमेको छ। बडिमालिका कला केन्द्रले आयोजक गरेको बडिमालिका साँस्कृतिक कार्यक्रममा कलाकारहरुले दिएका प्रस्तुतीमा दर्शकहरु खुलेरै रमाएका छन्।

पहिलो दिन चर्चिच देउडा गायक टंक तिमिल्सेना र गोपाल जिएमले प्रस्तुती दिएका छन्। यूवाहरु माझ लोकप्रिय दुबै जनाको प्रस्तुतीमा दर्शकहरु मस्त रमाइरहेका थिए। कार्यक्रममा टंक तिमिल्सेनाले मैना, बोल्छु मराठी, जान्छु डिजेमा जस्ता गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको संविधानसभाका पूर्व सभासद बसुन्धरा रोकायाले उद्घाटन गरेकी हुन्। साँस्कृतिक गतिविधि हुन छोडेको लामो समयपछि बडिमालिका साँस्कृतिक कला केन्द्र बाजुराले तीन दिने बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको अध्यक्ष धिरेन विकले बताएका छन्।

मनोरञ्जन र कला सँस्कृति जगेर्ना गर्न कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय कलाकार मुना रोकाया, राजेश पायल, हर्क खडायत, रोशनी रोकाया, गगन रोकाया लगायतका कलाकारले प्रस्तुती देखाएका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकारलाई महत्व दिएपनि स्थानीय कलाकारको प्रवद्र्धनमा फाइदा पुग्ने विश्वास आयोजकले लिएको छ। कार्यक्रममा प्रमुख अतिथि बसुन्धरा रोकायाले संभावनाको खोजी कला सँस्कृतिको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान रहने बताएकी छन्।

कार्यक्रममा चर्चित कलाकार टंक बुढाथोकी, दुर्गेश थापा, मेक्सम खाती, प्रमोद डिजि, अशोक दर्जी, ए.आर बुढाथोकी, मधुसुदन डाँगी, सुनिल विसि, गायिका अमृता लामिछाने, मोडल पुजन घिमिरे, देब गुुरुङ्ग, विनु शाक्य सहभागि हुने छन् ।

कार्यक्रममा स्थानीय कलाकारहरु प्रकाश थापा, नरबहादुर विश्वकर्मा, डान्सर राजेश पायल वि.क. र निशान्त रोकाया लगायतको साँस्कृतिक प्रस्तुति रहने छ । भने सोही अवसरमा बाजुराका स्थानीय कला सँस्कृतिक झल्कीने प्रस्तुती पनि प्रर्दशन गरिने छ। 

जिल्लाका मौलिक सँस्कृति भोटे सेलो, भुवा चाली, देउडागीत, अनन्ते लगायत साँस्कृतिक झाँकीहरु देखाउने गरिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७५ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App