१६ चैत्र २०८० शुक्रबार
कला

राजेश हमालद्वारा विपन्न ४ परिवारलाई करोडौको जग्गा दान

नवलपरासी– महानायक राजेश हमालले विपन्न परिवारलाई करोडौको जग्गा दान गरेका छन्। 

हमालको ६० वर्ष अघिदेखि नवलपरासीमा रहेको पुर्ख्यौली घरमा सेवा गरिरहेका ४ विपन्न परिवारलाई देवचुली नगरपालिका २ मा रहेको २ करोड मूल्य बराबरको जग्गा प्रदान गरिएको वडाध्यक्ष माधव केसीले जानकारी दिए। उनका अनुसार तुल्सी विकले २ कठ्ठा, विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारले १०/१० धुर जग्गा पाएका छन्।

मालपोत कार्यालयबाट जग्गा पास गराउन राजेश भाई राकेश हमाल र सहयोगी सहित नवलपरासी आएका थिए।  

प्रकाशित: १४ फाल्गुन २०७५ १५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App