३० असार २०७७ मंगलबार
कला

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ३१ देशका फिल्म देखाइने

काठमाडौं- दोस्रो नेपाल अर्न्तराष्ट्रिय चलचित्र महोत्सवमा ३१ फिल्म देखाइने भएको छ। नेपाल फिल्म तथा कल्चर एकेडेमीले फागुन ९ गते देखि १३ गतेसम्म काठमाडौंमा आयोजना गरेको महोत्सवमा ३१ देशको सहभागिता रहेने संस्थाका अध्यक्ष केपी पाठकले बताए। उनका अनुसार डकुमेन्ट्री भने महोत्सवमा समावेश गरिएको छैन। 'कथाहरुको उत्सव' नारा दिइएको महोत्सवमा सहभागि उत्कृष्ट फिचर फिल्मले १ हजार डलरको गौतम बुद्ध अवर्ड प्राप्त गर्ने छ। बेस्ट सर्ट फिल्मले माउन्ट एभरेष्ट अवार्ड प्राप्त गर्ने छ।

नेपाली चलचित्र मध्येबाट पनि उत्कृष्ट फिचर फिल्मले ५० हजार र सर्ट फिल्मले २५ हजार प्राप्त गर्ने पाठकले बताए। उत्कृष्ट लेखक र निर्देशकलाई अवार्ड दिइने उनले बताए।

महोत्सवको पाँच सदस्यीय जुरी रहेको छ। जसमा नेपालबाट निर शाह, नविन शुब्वा, स्वीजरल्यान्डका एन्नी डेलसेट, चीनका स्याओ लियान र भारतका प्रमिन्द्र मजुमदार रहेका छन्। पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन वोर्डमा चल्ने महोत्सवको उद्घटन पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन्।

भारतबाट ४, बंगलादेशबाट ४, चीनबाट ४ र नेपालका १६ सहित अन्य देशका चलचित्र महोत्वमा देखाइने छ। अमेरिका, युरोप र दक्षिण एसियाका चलचित्र महोत्सवमा समावेश गरिएको पाठकले बताए।

कार्यक्रममा ७ वटा प्यानल डिसकसन सेसन रहेको छ। पहिलो सेसनमा अन्तर्गत 'मेरो कथा' मा दिपकराज गिरी र सुनिल थापाले आफ्ना अनुभवहरु सुनाउने पाठकले बताए। यस्तै एरिक भ्यालीले मास्टर क्लास दिने छन्।

यस अघि पोखरामा महोत्सवको आयोजना गरिएको थियो। पोखरामा ३० चलचित्र देखाइएको पाठकले बताए।

नेपाली चलचित्रको अन्तराष्ट्रियस्तरमा प्रवर्धन र विदेशी चलचित्र निर्माता निर्देशकहरुको प्रत्यक्ष अनुभव प्राप्त गर्न महोत्सव फलदायी हुने पाठकले बताए। नेपाली कला संस्कृतिको प्रचार प्रसारमा महोत्सवले भूमिका खेल्ने उनको दावी छ।

प्रकाशित: २८ माघ २०७५ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App