२३ जेष्ठ २०७७ शुक्रबार
कला

लन्डनमा ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं – फिल्म ‘सम्हालिन्छ कहिले मन’को बेलायतको लण्डनमा छायांकन सुरु भएको छ। क्यामरा पुजा गरेर छायांकन सुरु भएको फिल्ममा नायिका पुजा शर्मा र नवनायक सोनम तोप्देनले पहिलो सट दिएका थिए।  सुदर्शन थापाको कथा र निर्देशनमा बन्ने फिल्म लण्डनमा करिब ५० दिन खिचिनेछ। फिल्ममा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको पनि अभिनय रहनेछ।

निर्देशक थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा छायांकन हुने बताए। एबी इन्टरनेसलको ब्यानरमा निर्माण भइरहेको फिल्मको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ। अमित बस्नेतको लगानी रहेको फिल्ममा अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता छन्। फिल्ममा परि राना र अजितकुमार थापाको सह–निर्माण छ। 

अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र महेश दवाडीको कथा छ। 

 

प्रकाशित: २८ माघ २०७५ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App