१६ चैत्र २०८० शुक्रबार
कला

अनाथ बालबालिकाको सहयोगार्थ ‘म्हेन्दु’ को च्यारिटी शो

डोल्पा – डोल्पाका महिलाहरूले भोग्नु परेको कारुणिक पीडा र  र भौगोलिक कठिनाइका डोल्पालीले झेल्नु परिरहेका अनेकन समस्यालाई कथाबस्तु बनाएर निमार्ण गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दु’को विशेष च्यारीटी शो हुने भएको छ।

माघ ७ गते बिहान ८ बजे काठमाडौंको बालाजुस्थित अष्टनारायण हलमा फिल्मको विशेष च्यारिटी शो गरिन लागिएको हो। डोल्पामा रहेको नेपालकै प्रशिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिर, मान्छेको बलिदिने इतिहास बोकेको ऐतिहासिक क्षेत्र राजारानी लगायतका प्रमुख पर्यटकीय सम्पदालाई समेत चलचित्र म्हेन्दुमा छायाङ्कन गरिएको छ।

डोल्पामा रहेका आर्थिक विपन्न तथा अनाथ र असहाय बालबालिकाको सहयोगार्थ तथा त्रिपुरासुन्दरी मन्दिर व्यवस्थापनको लागि फिल्मको विशेष च्यारिटी शो गरिन लागिएको निर्माण पक्षले जनाएको छ। चलचित्र म्हेन्दुमा डोल्पालीको जनजीवनमात्र नभई यहाँको प्राकृतिक सम्भावनालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको छ। देशकै सुन्दर पर्यटकीय गन्तव्य भित्रपर्ने डोल्पालाई चलचित्र म्हेन्दुले देश विदेशमा चिनाउने अपेक्षा गरिएको छ।

भौगोलिक विकटताको कारण सामान्य औषधि उपचार नपाएरै ज्यान नै  गुमाउपर्ने हिमाली महिलाको कारुणिक कथालाई समेत चलचित्रले उजागर गरेको निर्देशक देव नेपालले जानकारी दिए। चलचित्र म्हेन्दु डोल्पामा छायाँकन गरिएको तेस्रोे चलचित्र हो।

यसअघि विश्वप्रशिद्ध क्याराभान र देव नेपालकै निर्देशनमा रहेको नमस्ते डोल्पा नामक चलचित्रको छाँयाङ्कन पनि डोल्पाकै भुमिमा गरिएको थियो। देव नेपालको लेखन तथा निर्देशन रहेको चलचित्र म्हेन्दु करिब १ करोड लागतमा निर्माण गरिएको निर्माता अर्जुनप्रसाद डोटेलले बताए।

समिक्षा मिडियाको ब्यानरमा निर्माण गरिएको चलचित्र म्हेन्दुमा दिपक डोटेल, भोला तिमल्सेना, रमेश सोडारी, चन्द्रमणी मुडबरी, सोनु राई, शान्ति घिसिङ, बाबुराज शाक्य, स्थानीय कलाकार लक्ष्मण देवकोटा, कालुराना, बिन्दा थिङ, प्रतिक्षा खतिवडा, एस राजकुमार, लगायतका कलाकारको अभिनय रहेको छ।

रोहितविक्रम कार्कीले छायाङ्कन गरेको चलचित्र म्हेन्दुमा द्वन्द्व निर्देशन राजु किरातीले गरेका छन् भने बिमलडाँगी, मेलीना राई, सरोज कोइराला र कुमार लामा योञ्जनको  संगीत रहेको छ।

प्रकाशित: ५ माघ २०७५ ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App