३० असार २०७७ मंगलबार
कला

‘चौका दाउ’को व्यापार ‘उत्साहजनक’

काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘चौका दाउ’को व्यापार ‘उत्साहजनक’ रहेको निर्माण पक्षले जनाएको छ। फिल्मका निर्माता मनोन राजभण्डारीले मुलुकका सात दर्जन फिल्म हलमा रिलिज भएको फिल्म शनिबार सबैजसो हलमा ‘हाउसफुल’ भएका कारण व्यापार ‘उत्साहजनक’ भएको बताए।

उनले शुक्रबार बिहानको सो खुकुलो भए पनि दिउसोबाट यसले राम्रो पिकअप लिएको दाबी गरे। ‘शनिबार मल्टिप्लेक्स र सिंगल गरी सबै थिएटरमा हाउसफुल भयो। आइतबारको व्यापार पनि उत्साहजनक थियो। मंगलबार माघे सक्रान्ती परेकाले त्यो दिन पनि सबैतिर हाउसफुल हुने हाम्रो विश्वास छ,’ उनले भने।

पुर्णेन्दु झाले निर्देशन गरेको फिल्ममा वर्षा राउत, सन्तोष पन्त, रविन्द्र झा, विल्सनविक्रम राई, तैयव शाह, अजश्र ढुंगाना, निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिवशंकर रिजाललगायत छन्। सामाजिक कथामा आधारित हास्यप्रधान फिल्मका परिकल्पनाकार एवं कथाकार शम्भुजीत बासकोटा हुन्। ‘फिल्म हेरेका दर्शकले पुरा मनोरञ्जन लिएको प्रतिक्रिया मैले पाइरहेको छु। फिल्मको व्यापारबाट सन्तुष्ट छु’, उनले भने। 

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण फिल्ममा बसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, सुवास काफ्लेको निर्माण व्यवस्थापन छ।

 

प्रकाशित: २ माघ २०७५ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App