८ वैशाख २०८१ शनिबार
कला

थापाकाे ‘बारुदमाथि उड्दा’

पुस्तक सार्वजनिक गर्दै पूर्व प्रधानन्यायाधीश एवं राष्ट्रिय मानअधिकार आयोगका प्रमुख अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापा। तस्बिरः नागरिक

काठमाडौं – देशमा राज्य र तत्कालिन माओवादीबीच भएको १० वर्षे ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक पुस्तक ‘बारुदमाथि उड्दा’ पाठकमाझ आएको छ। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका थापाको पुस्तक राजधानीमा गत शनिबार पूर्व प्रधानन्यायाधीश एवं राष्ट्रिय मानअधिकार आयोगका प्रमुख अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले सार्वजनिक गरे।

पूर्व प्रधान सेनापति रुक्मांगत कटवालले लेखक थापा काललाई ‘च्यालेन्ज’ गर्ने मान्छे रहेको बताए। ‘हेलिकप्टर दुर्घटना र विभिन्न खतराको मुखमा पर्दा पनि रामेश्वर मरेनन्। काल नआइ मान्छे मर्दैन् भन्ने उदाहरण रामेश्वरलाई लिन चाहन्छु’, उनले भने।

पूर्वप्रधानन्यायाधीश एवं राष्ट्रिय मानअधिकार आयोगका अध्यक्ष शर्माले पुस्तक द्वन्द्वकालका घटनाको वास्तविक चित्रणसँगै थापाको जीवन भोगाइको मिश्रण रहेको जनाए। उनले लेखक दुई नेताको बीचमा मध्यस्तकर्ताको भूमिकामा देखिएको बताउँदै यो विषयालई छुट्टै अध्ययन गरेर पुस्तक निकाल्न सुझाव दिए। नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) अच्यूतकृष्ण खरेलले पुस्तकमा थापाको जीवन र विभिन्न तीन कालखण्डको वर्णन गरिएको बताए।

नेटवर्कका समूह सम्पादक विजयकुमारले पुस्तकमा ‘जनयुद्ध’को समयमा देखेको र भोगेको कुरा लेखिएको बताए। बुक–हिल पब्लिकेसनले बजारमा ल्याएको पुस्तकमा लेखक थापाले  युद्धस्थलमा घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँमा फसेकाको उद्धारको वृतान्त प्रस्तुत गरेका छन्। लेखक थापाले आफूले रामेछापको बेथानदेखि सिन्धुलीको भिमाद, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमणलगायत ४० भन्दा बढी स्थानका घटनाको तात्कालीन अवस्था र उद्धारको घटनाक्रमलाई पुस्तकमा उतारेको बताए। पुस्तकको सम्पादन पत्रकार राजाराम गौतमले गरेका छन्।

कार्यक्रममा लेखक थापाले पुस्तकको रोयल्टी वापतको रकम क्यान्सर केयरलाई प्रदान गर्ने घोषणा गरेका थिए। क्याप्टेन थापाले ‘जययुद्ध’को समयमा आफ्नो सुरक्षार्थ खटिएकै अवस्थामा मारिएका स्वर्गीय रविन साहकी श्रीमती बिना साहलाई दुई लाख सहयोग हस्तान्तरण गरेका थिए। २ सय १४ पृष्ठमा समेटिएको पुस्तकको मूल्य ४ सय २५ रुपैयाँ छ।

प्रकाशित: २३ पुस २०७५ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App