coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साहित्यकार बन्धु पुरस्कृत

काठमाडौं – साहित्यकार डा. चुडामणि बन्धु ‘तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन्। राजधानीमा हालै आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले उनलाई पुरस्कृत गरेका हुन्।

तुलसीमान श्रेष्ठ स्मृति समाजले नेपाली भाषा र साहित्यको विकासमा योगदान पुर्याएवापत उनलाई दोसल्ला ओढाएर पुरस्कृत गरेको हो। पूर्व राष्ट्रपति यादवले नेपाली समाजमा एकता र आपसी सद्भाव कायम गर्न साहित्यको महत्वपूर्ण भूमिका हुने गरेको बताए। ‘नेपाली लोक साहित्यबारेमा गहिरो अनुसन्धान गर्ने स्रष्टाहरूको लागि स्थापना गरिएको यो पुरस्कारले सबैलाई प्रोत्साहित गर्नेछ भन्नेमा आशावादी छु,’ उनले भने।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले तुलसीराम श्रेष्ठले ग्रामीण समाजको लोकबाजा, परम्परा र संस्कृतिलाई देश विदेशमा प्रवद्र्धन गरेको जानकारी गराएका थिए। समाजका अध्यक्ष सिताराम अधिकारीले नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान गरेका तथा अनुसन्धानका क्षेत्रमा क्रियाशील स्रष्टालाई संस्थाले सम्मान गर्ने बताए।

‘नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान गरेका तथा अनुसन्धानका क्षेत्रमा क्रियाशील स्रष्टालाई पुरस्कृत गर्न यो पुरस्कारको स्थापना गरिएको हो’,उनले भने।  कार्यक्रममा तुलसीराम श्रेष्ठले तयार गरेको ‘अधकल्चो जीवन’ नामक कृति विमोचन गरिएको थियो।

प्रकाशित: २२ पुस २०७५ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App