coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ललितकला र संगीत नाट्यमा नियुक्ति

काठमाडौं – सरकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार नवनियुक्त दुई कुलपतिलाई सपथ ग्रहण गराई दुई प्रतिष्ठानको नियुक्तिलाई पूर्णता दिएका हुन्।

प्रधानमन्त्रीले सिंहदरबारमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपति कान्छाकुमार कर्माचार्य(केके कर्माचार्य) को नेतृत्वमा र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति नारायणभक्त श्रेष्ठ(रायन)लाई सपथ गराएका हुन्। उनीहरूको नेतृत्वमा रहेको उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ परिषदका सदस्यहरू आगामी शुक्रबार सपथ ग्रहण गराईनेछ।

ललितकलातर्फ उपकुलपतिमा गोपाल चित्रकार, सदस्य–सचिवमा विपिनकुमार घिमिरे तथा परिषद् सदस्यमा रमेशनाथ खनाल, लालकाजी गुरुङ, मिथिलादेवी यादव, सुस्मा राजभण्डारी, धर्मराज शाक्य र बुद्धिबहादुर गुरुङलाई नियुक्त गरिएको छ।

त्यस्तै संगीत तथा नाट्यतर्फ उपकुलपतिमा हरिहर शर्मा, सदस्य–सचिवमा श्यामप्रकाश तमोट र प्राज्ञ परिषद सदस्यहरूमा हरिदेवी कोइराला, धिरेन्द्र प्रेमर्षी, नमुना शर्मा, निशा पोखरेल, अशोककुमार राई र मेघराज नेपाल(मञ्जुल) नियुक्त भएका छन्। ललितकलाको सदस्य–सचिवमा नियुक्त भएका विपिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेको भाइ हुन्।

 

 

प्रकाशित: १८ पुस २०७५ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App