२८ श्रावण २०७७ बुधबार
कला

विश्व–मेलिनाको ‘रातो गलबन्दी’

काठमाडौं – गायिका मेलिना राई र गायक विश्व नेपालीको स्वरमा रहेको गीत ‘रातो गलबन्दी’को भिडियो सार्वजनिक भएको छ। भिडियोमा रियालिटी शो ‘बुगीवुगी’ विजेता कविता नेपाली र सरोज मोक्तान फिचर्ड छन्।

बेलायतमा बस्ने समाजसेवी तथा युवा व्यवसायी यादवकुमार श्रेष्ठको शब्द र बेलायतमै बस्ने संगीतकार रमेश कायस्थको संगीत रहेको गीतको भिडियोको निर्देशन विकास श्रेष्ठ ‘मिलन’ले गरेका छन्।

भिडियोमा बबिना पौडेल र विश्वास खनालको सह–निर्देशन तथा कुमार थापाको छायांकन, सरोज मोक्तानको कोरियोग्राफी र सुनिलकृष्ण ताम्राकारको सम्पादन छ।

प्रकाशित: १९ मंसिर २०७५ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App