६ वैशाख २०८१ बिहीबार
कला

निर्देशकसँग सलमानको टकरावले ‘भारत’ संकटमा

मुम्बई– सलमान खानको करियरकै महत्वपूर्ण भनिएको फिल्म ‘भारत’ मतभेदमा अल्झिएको छ। निर्देशक अली अब्बास जफरसँग अभिनेता सलमानको टकरावमा फिल्मको निर्माण अल्झिन पुगेको हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान र अलीबीच क्रियटिभ भिन्नता देखिएको हो। ‘भारत’ कोरियन फिल्म ‘ओड टु माई फादर’को हिन्दी रिमेक हो। सलमान यसलाई मुलधारको हिन्दी फिल्म बनाउन चाहन्छन्। जसमा इमोशन, ड्रामा र एक्शन समावेश हुनेछ। यता अली अब्बास भने फिल्ममा यति धेरै विषय जोड्दा मुख्य विषय नै ओझेलमा पर्ने तर्क गर्छन। उनी मुख्य कथालाई निरन्तरता दिने पक्षमा छन्।

साथै अघिल्लो फिल्म ‘ट्युबलाइट’को असफलतापछि सलमान आफ्ना फ्यानलाई निराश बनाउने पक्षमा छैनन्। यिनै कारण सलमान र निर्देशक अब्बासबीच मतभिन्नता देखिएको बताइएको छ। 

फिल्मको लेन्थ पनि सलमानका लागि चिन्ताको विषय बनेको छ। अहिलेको विषयवस्तु अनुसार फिल्मको समय ३ घण्टा हुनेछ। तर अहिलेको युगमा दर्शक छोटो अवधिको फिल्म हेर्न चाहन्छ। भारतको स्क्रिप्टले भने धेरै समयको माग गरेको छ। सलमान दर्शको चाहनालाई मध्यनजर गर्दै समय घटाउने पक्षमा छन्। तर निर्देशक अब्बास भने फिल्मको लेन्थमा काटछाट गर्ने पक्षमा छैनन्। फिल्मको लेन्थ ३ घण्टाको छ, जबकी सलमान यसलाई अढाई घण्टामा झार्न चाहन्छन्। 

मुख्य अभिनेता र निर्देशकबीचको यिनै मतभिन्नताले ‘भारतको’ छायांकन तालिका समेत प्रभावित भएको बताइएको छ। यो फिल्ममा अभिनेत्री कट्रिना कैफ पनि प्रमुख भूमिकामा देखिनेछिन।

प्रकाशित: १२ मंसिर २०७५ १५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App