coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

स्ववियुकाे ‘विचार’ पुस्तक विमाेचित

काठमाडाैं - काठमाडाैं प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विध्यार्थी युनियनले आइतबार आफ्नो मुखपत्र ‘विचार’ पुस्तक विमोचन गरेको छ। स्वतन्त्र विध्यार्थी युनियन आरआरले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले पुस्तकको विमोचन गरीन्। पुस्तकमा नेकपाका शिर्ष नेताहरु, विभिन्न प्रोफेसरहरु, आरआरमा अध्ययनरत विद्यार्थीहरुका लेख तथा रचनालाई समेटिएको छ।

आरआर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका प्रतिभालाई स्थान दिनको लागी यो पुस्तक निकालिएको स्वतन्त्र विद्यार्थी युनियन आरआरका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका सिनेट मेम्बर तपेन्द्र बहादुर शाहीले बताए। त्यस्तै प्रतिभाशाली विद्यार्थीका अन्तर्निहित प्रतिभालाई प्रस्फुन गर्न विचार पुस्तक निकालिएको स्वतन्त्र विद्यार्थी युनियन आरआरका उपाध्यक्ष तथा अनेरास्ववियु आरआरका अध्यक्ष श्रीकृष्ण उप्रेतीले बताए। कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय महासचिव ऐन महर, केन्द्रिय सचिवहरु आरसि लामिछाने र सुदेश पराजुली, प्राध्यापकहरु, विद्यार्थी नेताहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो। 

त्यस्तै कार्यक्रममा असोज २४ गते घटस्थापनादेखि प्रदर्शनमा अाउने चलचित्र छक्का पञ्जा ३ को प्रचारमा रहेका कलाकार दिपकराज गिरीले मनोरन्जनात्मक प्रस्तुती दिएका थिए।

 

प्रकाशित: २१ आश्विन २०७५ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App