४ वैशाख २०८१ मंगलबार
कला

‘नेपालका मन्त्री र सांसदहरु’ पुस्तक सार्वजनिक

काठमाडाैं- वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक मंगलबार सार्वजनिक गरिएको छ। 

पत्रकार रिसालको ९१ औँ जन्मजयन्तीका अवसरमा पुस्तक सिकाइ समूहले आयोजना गरेको कार्यक्रममा सो पुस्तक लेखकद्वयसहित देवेन्द्रराज पाण्डे र प्रा कृष्ण खनालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। 

सो अवसरमा लेखक रिसालले नयाँ पुस्ताका लागि पुस्तक उपयोगी हुने बताउँदै पुस्तक प्रकाशित भएर आफूमा थप ऊर्जा प्राप्त भएको बताए। 

पुस्तकमाथि टिप्पणी गर्दै पाण्डेले नेपालको राजनीतिक अवस्थाबारे यो पुस्तकले जानकारी गराउने बताउँदै कुन समयमा कसको नेतृत्वमा सरकार बनेको कुरा पुस्तकले जानकारी दिने धारणा राखे। 

प्रा खनालले सरकारका मन्त्री र सांसदका सङ्ग्रह निकालेर लेखकले नेपाली इतिहासलाई जीवन्त बनाउने प्रयास गरेको धारणा व्यक्त गरे। 

पुस्तकमा २००७ देखि अहिलेसम्म भएका प्रधानमन्त्री, मन्त्री, सांसद र प्रदेश सांसदको नामावली समावेश गरिएको छ। रासस 

प्रकाशित: २९ श्रावण २०७५ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App