coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

इथोजको ‘प्रस्ताव ३’

काठमाडौं, – पप ब्यान्ड इथोजले चौथो एल्बम ‘प्रस्ताव ३’ श्रोतामाझ ल्याउने भएको छ । ब्यान्डका गायक रुद्र शमशेर जबरा ‘अजय’का अनुसार एल्बम आगामी महिना बजारमा आउनेछ।

उनले एल्बममा पप, आरएन्डबी फ्लेबरका आठ गीत समेटिएको बताए । यी गीतमध्ये ७ गीतमा शब्द र संगीत उनकै छ भने एक गीतमा विशेष पाण्डेको शब्द संगीत छ । ‘युवापुस्तालाई लक्षित गरेर तयार पारिएको एल्बमका दुई गीतको थाइल्याण्डका विभिन्न सहरमा छायांकन गरिएको छ,’ उनले भने । एल्बमलाई रिबेल इभेन्ट प्रालिले बजारमा ल्याउने तयारी गरिरहेको छ।

व्यान्डले यसअघि ‘आश्मा’, ‘प्रस्ताव’ र ‘प्रस्ताव २’ एल्बम यसअघि नै बजारमा ल्याइसकेको छ । इथोज व्यान्डले ‘१३ औं इमेज अवार्ड’मा ‘बेस्ट व्यान्ड अवार्ड’, ‘कान्तिपुर अनर्स अवार्ड २०११’ मा ‘बेस्ट ब्यान्ड’, ‘कालिका म्युजिक अवार्ड २०११’ मा ‘बेस्ट ब्यान्ड’, ‘विन्ध्यवासिनी म्युजिक अवार्ड २०११’ मा ‘बेस्ट सङ कम्पोज्ड’ र ‘बेस्ट म्युजिक भिडियो अवार्ड’ जितेको थियो।

तेस्रो एल्बम ‘प्रस्ताव २’मा रहेको गीत ‘गल्ती मेरो छैन’ले ‘स्टार एफएम म्युजिक अवार्ड २०१४’ मा ‘बेस्ट ब्यान्ड’, ‘ओएस नेपाल म्युजिक अवार्ड २०१७’ मा ‘बेस्ट व्यान्ड’को अवार्ड जितेको थियो ।
 

प्रकाशित: १५ श्रावण २०७५ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App