२२ जेष्ठ २०७७ बिहीबार
कला

गृहस्थी

एउटा सामान्य परिवारको जीवन जसोतसो चलिरहेको थियो । उनीहरू दिनभर मिहिनेत गरेर साँझ खाना खाने गर्थे । त्यस्तै गरी सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरुको लागि व्यवसाय नै सबैभन्दा ठूलो हुन्छ । यो कथा त्यस्तै सामान्य परिवारको हो, जसको जीवन सानोतिनो व्यापारबाट चलिरहेको हुन्छ । 

रामनारायण परिवारको मुख्य व्यक्ति हो, जसको काँधमा परिवारको जिम्मा हुन्थ्यो । उसले सानोतिनो व्यापार गरेर घरगृहस्थी चलाइरहेको थियो । रामनारायणको श्रीमती, चार छोरा र एक छोरी गरेर सातजनाको परिवार हुन्छ । रामनारायणले जसोतसो गरेर आफ्नो परिवारको पेट भरिरहेको थियो । समय र विकास बढिरहँदा मानिसको आवश्यकता पनि बढ्दै जान्छ । रामनारायण आफू बूढो हुँदै गयो । उसको जेठो छोरो १८ वर्षमा लाग्यो । रामनारायणले सानैदखि आफ्नो जेठो छोरालाई आफ्नो कामकाजबारे सिकाई रहेको हुन्थ्यो । रामनारायणको माइलोछोरो १४ वर्ष, साइलो छोरो ९ वर्ष, काइली बहिनी ७ वर्ष र कान्छो छोरा ५ वर्षका थिए । बाबु बूढो हुँदै जाँदा सबैभार जेठो छोरामा आयो । जेठो छोराले सबै कामकाज सम्हाल्नुपर्ने भएकाले उसको विवाहको कुरा घरमा चल्न थाल्यो । 

विवाह भएको १० वर्ष पुग्दा समेत सन्तान नभएको मान्छे विवाहमा आएपछि श्राप लाग्छ, दम्पतीलाई त्यसैले बाहिरै बस्ने भनेर नानाथरी सुनाउँछन् ।

परिवारको आर्थिक स्थिति कमजोर भएकाले जेठो छोरा र माइलो छोराले पढ्न पाउँदैनन् । तर, जेठोले आफू नपढेको हुनाले समाजमा मान सम्मान र राम्रो जागिर तथा व्यापार बढाउन गाह्रो परेको अनुभव गर्छ । उसले आफ्नो दुई भाइ र बहिनीलाई पढाउने कुरा ग¥यो । त्यसैबीच उसको विवाहको लागि केटी पक्कापक्की भयो । आफ्नै नातेदारको मद्दतबाट केटी हेर्न गए । केटी मन प¥यो । कुराकानी मिलाएर फर्किए । विवाहको दिन नजिकिँदै गयो । पर्सी विवाहको दिन हुन्छ भने आज रामनारायणको घरमा कहर टुट्यो । विवाहका लागि भनेर घरबार छोडेर बुटवल होटलमा बसेर तयारी गरिरहेका हुन्थे । त्यति बेला नै घरमा आगलागी भएर व्यापार र घर सबै नष्ट हुन्छ । घर फर्कदा सबै सम्पत्ति तथा कागजातहरु जलेर नष्ट भइसकेको थियो । फेरि उनीहरुलाई बस्नखान समस्या पर्न थाल्यो । त्यसैमा केटीको तर्फबाट पनि विवाह नगर्ने प्रस्ताव आयो । विवाह पनि टुट्छ, घरबार पनि सबै सकिन्छ । जसोतसो आफ्नो परिवारको जीविकोपार्जनमा  लागिरहेका थिए । रामनारायणको जेठो छोरा गणेश आफू दिनरात मिहिनेत गरेर फेरि कामकाज सुरु ग¥यो । दिनरात मिहिनेत गरेर जोडेको सम्पत्तिबाट आफ्नो दुई भाइ र एक बहिनीलाई पढाउन थाल्यो । यसरी ४ वर्षमा उसले पहिलेको भन्दा धेरै सम्पत्ति जोड्यो । 

सबै परिवारलाई आरामले खान पुग्ने गरी सम्पत्ति बनाइसकेपछि आफू र आफ्नो माइलो भाइ रमेश मिलेर व्यापार गल्लाको कारोबार गर्न थाल्छन् । गाउँघरमा प्रतिष्ठा बनाइसकेका हुन्थे । भाइबहिनीहरुलाई पढ्न राजधानीको राम्रो कलेज छानेर पठायो । धनसम्पत्ति, घरबार सबै जोडिसकेपछि फेरि एकपटक जेठो छोरा गणेशको विवाहको चर्चा चल्यो । गाउँमा हुनेखानीमा गनिन थालेपछि राम्रो घरबाट विवाहको प्रस्ताव आयो । केटाकेटीले एकअर्कालाई हेरिसकेपछि दुवैजना विवाहको लागि सहमति जनाए ।

त्यहीँ नजिकको गाउँको केटी भएकाले घरबाट विवाह हुन्छ । उनीहरू जन्ती लिएर जान्छन र धूमधामसँग विवाह भयो । राम्रैसँग चलिरहेको थियो, उनीहरुको जीवन । गणेशले घरपरिवारको बोझ आफूमा भएकाले अहिले केटाकेटी नजन्माउने कुरा ग¥यो । उसको श्रीमती पनि उसको कुरामा ठीक ठानेर उसको साथ दिन्छे । उसले सबै मिहिनेत गरेर कमाएको पैसा भाइबहिनीमा खर्च गर्न नडराएर खुरुखुरु खर्च ग¥यो । बुहारीले आफ्नो ससुराबुबा, ससुराआमा र देवरको ख्याल राख्ने हुनाले सबैको प्यारी हुन्छे । यस्तैमा ३–४ वर्ष बित्यो । भाइबहिनीको पढाइ सकियो । त्यसपछि बहिनीको विवाहको कुरा चल्यो । बहिनीको लागि राम्रो केटा हेरेर विवाहको कुरा गर्छन् । सबै भाइ मिलेर बहिनीको विवाह धूमधामसँग गर्दिन्छन् । 

दिनहरु बित्दै गयो । माइलो भाइ पनि जवान भइसकेको थियो । माइलोका लागि पनि ठाउँठाउँबाट विवाहको कुरा चल्यो । सबै घरपरिवारको सदस्यको उपस्थितिमा विवाह सम्पन्न भयो । विवाह प्रश्चात दुवै बुहारीबीच रिस अनि डाह सुरुवात भयो । माइलो भाइ रमेश आफ्नो जेठो दाइको कुरा सधैँ मान्ने र जवाफ नर्फकाउने गथ्र्यो । दाइप्रतिको माया र सम्मानले दाइको कुरा र आज्ञा सधैँ पालना गथ्र्र्यो । उक्त बानी देखेर उसकी श्रीमतीलाई रिस उठ्न थाल्यो । आफ्नो श्रीमान दाइको नोकर जस्तो भएको अनुभूती गर्न थाल्छे । सधैँ दाइको पछि हिँड्ने भनेर रातिराति झगडा गर्न थाले । रमेश दाइले सुन्छ भनेर बोल्दै नबोली सुत्छ । दिनदिनै रमेशको र उसको श्रीमतीबीचमा झगडा पर्ने गर्छ । यसरी चलिराख्दा रमेशको सालो पनि घरमा आइपुग्यो । दिदिभाइ मिलेर रमेशलाई उसको दाजुप्रति उस्काउँदै जान थाले । हरेक दिन श्रीमतीको कुरा सुनेर उसको मन पनि बदलिन थाल्यो । भन्छन् नि ‘झुटो कुरापनि सय पटक देखाई राखे वा भनि राखे त्यसलाई साचो मान्छन्’ त्यस्तै हुन थाल्यो । दाजुलाई आफ्नो सबैथोक मान्ने र दाजुको काम खुरुखुरु गर्ने भाइ अलिअलि पन्छिन थाल्यो । त्यसैबीचमा दाइ नभएको बेला उसलाई भड्काएर अनावश्यक गल्ला खरिद गर्न लगाए । दाजुको अनुमतिबिना केही काम नगर्ने भाइले आज सबै पैसा गल्ला खरिदमा लगायो । साहुको रकम चुक्ता गर्न दिएको रकमको गल्ला खरिद गरेर पैसा बुझाउँदैन् । 

एक्कासि गल्लाको भाउ घटेपछि ठूलो घाटा हुन गयो । त्यसैमाथि साहुले सामान पठाउन बन्द ग¥यो । यस्तो के भयो भनेर बुझ्दा आफ्नो भाइलाई तिर्न दिएको पैसाले गल्ला खरिद गरेको र गल्लामा पनि घाटा भएको थाहा पायो । रिसमा भाइलाई गाली ग¥यो । त्यही गालीको बाहाना गराएर उसको श्रीमती र सालोले छुट्टै व्यापार गर्न जोड लगाए । उनीहरुको कुरालाई स्वीकारेर पल्लो गाउँमा नयाँ पसल खोल्यो । पसलमा चाहिने सबै सामानहरू आफ्नै नाममा उधारो लियो । धेरै वर्षदेखि व्यापार गरिरहेको हुनाले साहुले विश्वास गरेर उसलाई चाहिएको सामान उधारोमा दिए । सबै सामान मिलाएर खुद्रा व्यापार सुरु ग-यो । दाइसँग काममा नगएर ऊ नयाँ पसलमा जान थाल्यो । राति ढिलो आउँन थाल्यो । ८–१० दिनको मिहिनेत देखेपछि गणेशले थाहा पायो । आफ्नो श्रीमतीलाई सोध्छ, श्रीमतीले छुट्टै पसल खोलेर व्यापार गर्न लाएको बताउँछे । सबै थाहा पाएर पनि न थाहा नपाएको जस्तो ग-यो गणेशले । तर, रमेशले सालोको काम नभएर अनावश्यक कुरामा लाएको भनेर सालोलाई काममा अल्झाउन यस्तो गरेको हुन्छ । पछि पसल पुर्णरुपमा तयार भएपछि सालोको जिम्मा लगायो । सबै सामान उधारोको र पैसा यही पसलबाट त आफैँले तिर्ने भनेर सम्झाएर आफु घर फर्किन्छ । 

अरु भाइले पनि पढाइ सकेर नोकरी गर्न थाले । सहरमा बसेर आफ्नो भविष्य बनाउन दाजुले भनेको हुनाले उत्तै काम गर्न थाले । दाजुबाट टाढा बस्न नसकेर गाउँमै गएर चारै भाइ मिलेर काम गर्ने र नयाँनयाँ प्रविधि तथा सामानको प्रयोग गरेर आफ्नो व्यापार बढाउने उद्देश्यले घर फर्किने सोच बनाए । उनीहरु घर फर्कदा घरमा बढिरहेको झगडा र डाह देखे । आफ्नो दुवै भाउजुहरुले एकअर्कासँग गरेको व्यवहारर देखेर अच्चम पर्छन् । दाजुले मात्र कमाएको पैसा होइन, दुवै मिलेर कमाएको हो भनेर रमेशको श्रीमतीले भन्न थाल्छे । यसैबीचमा रमेशको श्रीमती गंगा दुईजिउकी हुन्छे । केही महिनापछि उसको छोरी जन्मियो । सबै कामको लागि दाजुसँग पैसा माग्नुपर्ने आफैंले पैसा राख्नुपर्छ भनेर उसको मनमा जहर घोल्न थालीन् ।

रमेशको छोरी दिनप्रतिदिन ठूलो हुदै जान थाल्छे । त्यसपछि छोरीको आवश्यकता पूरा गर्न पैसा दाजुसँग माग्न अप्ठ्यारो मान्न थाल्छ । एकदिन एक्कासी उसको छोरी खेल्दाखेल्दै बेहोस हुन्छे । उपचारको लागि पैसासमेत माग्नुपर्ने भनेर कराउँछे । जेठो दाइले आफूले खर्च नगरी नगरी पैसा जम्मा गरिरहेको हुन्थ्यो । गणेशले प्रत्येक महिना केही पेसा बैंकमा राख्न पठाउँथ्यो । एकदिन दराज खोल्दा पैसा जम्मा गरेको रमेशको श्रीमतीले देखेर कुरा लगाउँछे । उनीहरुको बच्चा नभए पनि भविष्यमा आफ्नो बच्चाको लागि भनेर प्रत्येक महिना लुकाएर पैसा जम्मा गरेका छन् भनेर रमेशलाई भन्छे । रमेश पनि उसको कुरामा विश्वास गरेर आफ्नो दाइले गलत गरेको ठान्यो । 

एकदिन रमेशको श्रीमती गगांलाई घुम्न र नयाँ कपडा किन्न पैसा चाहिन्छ । उसले आफ्नो श्रीमान रमेशसँग भन्छे । रमेशले पैसा छैन भन्यो । तर, पैसा दराजमा लुकाउँछन्, बैंकमा राख्छन्, आफूले मात्र खान्छन् । आफुले मात्र खर्च गर्छन् । हामीलाई पनि चाहिन्छ भनेर अनावश्यक खर्च र ऐयासीका लागि पैसा लिन लगाउँछे । उसले भाउजुसँग चाबी माग्छ । भाउजुले के भयो र किन चाहियो भनेर सोध्दा मेरो पनि मिहिनेतको कमाइ हो तपाईंले मात्र प्रयोग गर्ने, खर्च गर्ने हामीले खर्च गर्न नपाउने भनेर सुनायो । त्यो सुनेर भाउजुले खुरुक्क चाबी दिएर आफूभित्र जान्छे । त्यतिनै बेला गणेश आइपुग्छ र रमेशले पैसा झिकेर लग्न लाएको देख्यो । पैसा अरु कामका लागि राखेको हुँदा गणेश करायो । रमेशले मलाई पैसा चाहिदाँ कति माग्नु आखिर मैले पनि नोकर जस्तै काम गरेको छु भनेर जवाफ दियो ।

भाइको व्यवहार देख्दा गणेश अचम्म प-यो । केही नबोली गयो । घर आएको भाइहरुमा पनि घरको समस्या र वादविवादले असर पार्छ कि भनेर सहर पठाउन भन्यो । भाइहरु दाजुको कुरालाई नाइँ भन्न नसकेर फेरि काम गर्न भनेर सहर फर्कन्छन् । त्यही क्रममा साइलो भाइ राजेशले त्यही गाउँको आफूसितै पढ्ने शीलालाई मन पराउँथ्यो । उनीहरुको बीचमा माया बसेर विवाह गर्ने कुरा चल्न थाल्यो । दाजुको आज्ञा लिएर विवाह गर्ने भनेर सान्त्वना दियो । यता घरमा भने दिनप्रतिदिन स्थिति बिग्रँदै गयो । आमाबाबु भने सबै जेठो छोरोको त्याग बलिदान र फैसलामा बोल्न सक्दैनथे । गणेशले सबै जिम्मा आफ्नो बुहारी गंगालाई दियो । घरको चाबीदेखि सबै जिम्मा बुहारीलाई लगाइदियो । सबै पैसा र घरलाई नचाउन पाएपछि ऊ खुसी हुन्छे । सबै जिम्मा लगाएर दाजु मनमनैमा पीडा पुगेको हुन्थ्यो । व्यापार पनि राम्रोसँग चलिरहेको हुँदैन । एकदिन एक्कासि रमेशको छोरी बेहोस भएर बोल्नै नसक्ने हुन्छे । अनि उसको अप्रेशन गर्नुपर्ने हुन्छ ।

डाक्टरले पहिले नै सबै उसलाई भनेको कारणले जतिखेर पनि आवश्यक पर्न सक्छ भनेर बचत गरेर राखेको थाहा पाउँछन् । आफ्नो छोरीको अप्रेशनको लागि पैसा बचत गरेको तर, आफूले नानाथरीको भनेर हेला गरेकोमा आफूलाई माफ गर्न आग्रह गर्छन् । छोरीको ज्यान बच्छ । सबै जिम्मा पुनः जेठानीलाई हस्तान्तरण गर्छे । आफूले जानीजानी र अन्जानीमा गल्ती गर्न पुगेको भनेर क्षमा माग्छे । फेरि पहिलाको जस्तै खुसी परिवार चलिरहेको हुन्थ्यो । शिलाको बाबुलाई आफ्नो छोरी र रामनारायणको साइलो छोरा राजेशको मायाको बारेमा थाहा पाएर त्यसैलाई मार्ने धम्की दियो । राजेश भने आफू नडराउने र माया गरिरहने बतायो । यसरी ती दुवैको बीचमा झगडा पर्न थाल्यो । शिलाको बाबुले शिलाको विवाह अन्तै गर्नलाई सबै तयारी गरिरहेको हुन्थ्यो । छोरीले आफू आत्महत्या गर्ने धम्की दिएपछि छोरीको खुसीको लागि विवाहमा राजी भयो । शिलाको बाबुले गणेशसँग केही शर्त राख्यो । राजेश विवाहपश्चात घरज्वाइँ बनेर बस्नुपर्ने तथा अरु कोही पनि ऊसँग नभेट्नेजस्ता शर्तहरु राख्यो । आफ्नो भाइको खुसीको लागि गणेश सबै शर्तहरु मान्न तयार भयो ।

विवाहको दिन सबैले गणेशको श्रीमती अर्थात राजेशको भाउजुलाई नानाथरी भन्छन् । विवाह भएको १० वर्ष पुग्दा समेत सन्तान नभएको मान्छे विवाहमा आएपछि श्राप लाग्छ, दम्पतीलाई त्यसैले बाहिरै बस्ने भनेर नानाथरी सुनाउँछन् । त्यो सुनेर देवर रमेश चाँही रिसले चुरचुर भयो । गाली गरी कराउन थाल्यो भाउजुले रोकेर केही नभन्न आग्रह गर्छे । सबै परिवारलाई नराम्रो गर्न थालेपछि सबै विवाह छाडेर जाने थाल्छन् । गणेश भाइको खुसीको लागि नजान भन्छ तर, भाइ पनि विवाहको चमकधमकमा घरपरिवारको वास्ता नगरेको जस्तो देख्दा सबै विवाह छाडेर जान्छन् । सबै जाने बेला सानी छोरीले काकालाई गएर सबै भन्छे । ठूलमम्मीलाई गाली गरेको र रोएको हुनाले हामी जान लाग्याैं भनेर भन्छे । सबै घर पुग्छन् । राजेशले सबै कुरा थाहा पाएपछि विवाहमण्डबाट विवाह नगर्ने घोषणा ग-यो ।

शिलाको बाबुलाई मेरो दाजुभाउजुको लागि मैले शिलालाई छोड्न सक्छु । तर, शिलाको लागि दाजुभाई छोड्न सक्दैन भन्यो । परिवारको अपमान गरेर म विवाह गर्दैन । घर जाँदा भाइलाई घर देखेर गाली ग-यो, गणेशले । ‘जहाँ भाउजुको इज्जत गर्दैनन् मेरो परिवारलाई नानाथरी भन्छन् त्यहाँ म विवाह गर्दैन ।’ राजेशले भन्यो । यस्तो सुनेर गणेशले सम्झाउन खोज्यो । म पनि यो परिवारको हिस्सा हो भनेर मान्दैन् । त्यति नै बेला शिला पनि त्यहीँ आइपुग्छे । म राजेश जहाँ बस्छ, जस्तो खान्छ त्यसैमा खुसी हुन्छु । तर, ऊ बिना म बाँच्दिन भन्छे । दाजु गणेशले सम्झाएर उसलाई घर छोड्न जान लागेको हुन्थ्यो । 

गाउँलेहरू सबै तातिएर आएका थिए । गणेशले सम्झाएको सुनेर सबैले शिलाको बाबुलाई दोष दिन थाले । शिलाको बाबुले पनि हार खाएर छोरीलाई यो भन्दा राम्रो घर कहीँ नमिल्ने भनेर त्यही राजेशको हातमा आफ्नो छोरीको हात दिएर फर्कन्छ । पछि चारै भाइ मिलेर आफ्नो छुट्टै मिल खोल्छन् । जग्गामा किसानी गरेर मिहिनेत र ज्ञानको सदुपयोग गरेर कमाइँ राम्रो गर्छन् ।

प्रकाशित: १३ श्रावण २०७५ २२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App