७ वैशाख २०८१ शुक्रबार
कला

‘कायरा’ अर्काे साता

पोखरा – चलचित्र ‘कायरा’ अर्काे सातादेखि रिलिज हुने भएको छ । साउन १८ गतेबाट यो चलचित्र प्रर्दशन हुन गएको निर्माताले बताएका छन्। ‘कायरा’को निर्माण युनिट यतिबेला प्रचारप्रसारका लागि देश दौडाहमा व्यस्त छ। शनिबार पोखरामा चलचित्रका युनिटले मोटरसाइकल -याली गरेर प्रचारप्रसार गरेको थियो।

नायक आर्यन सिग्देलको होम प्रोडक्सनमा निर्माण भएकोे फिल्म ‘कायरा’ यहि साउन  १८ देखि एकैपटक देशभर प्रर्दशन हुने शनिबार पोखरामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक लक्ष्मण रिजालले जानकारी दिए। उनका अनुसार फिल्म प्रेम कथामा आधारित छ। ‘पोखरा आफैं पनि प्रेमिल सहर हो,’ उनले भने, ‘पोखरेली दर्शकले पक्कै ‘कायरा’ रुचाउनुहुनेछ।’

प्रस्तुतकर्ता तथा नायक आर्यन सिग्देलले ‘कायरा’ माया, प्रेम, हाँसो र रोदनको सम्मिश्रण रहेको बताए । ‘फिल्म सन्देशभन्दा पनि मनोरञ्जनका लागि हेरिन्छ,’ उनले भने, ‘फिल्मको डाइलगलाई युवा दर्शकले निकै नै रुचाएका छन् । यो फिल्म पनि युवा लक्षित छ।’

फिल्मकी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहले अनुभवी कलाकारसँग काम गर्न सहज हुने अुनभव ‘कायरा’ मार्फत हासिल गरेको बताइन्। ‘नयाँ कलाकारसँग काम गर्दा कहिलेकाहीं आफैंले सिकाउनुपर्छ । तर, अनुभवीसँग काम गर्दा सहज हुछ,’  उनले भनिन्, ‘आर्यन दाइसँग काम गर्दा मैले सिक्ने मात्रै होइन धेरै अनुभव बटुल्ने अवसर पाएँ।’

चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नायक आर्यनले ‘कायरा’ एक विशुद्ध प्रेम कथामा बनेको चलचित्र भएको बताए। आर्यनको होम प्रोडक्सनमा निर्माण भएको चलचित्रमा कथा पनि आर्यनकै छ।

रिजालकै लगानी रहेको चलचित्रमा आर्यन र साम्राज्ञी अलावा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न पाइनेछ। फिलिपिन्स र नेपालको रमणीय ठाँउमा छांयाकन गरिएको कायराको ट्रेलरसहित दुई गीत ‘सुखमा’ र ‘यो त माया हो’ सार्वजनिक गरिसकिएको छ।

प्रकाशित: १३ श्रावण २०७५ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App