१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

राजकुमारी फकाउँदै सलोन र बिनोद

काठमाडौं– राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको छायांकन पाटनस्थित दरबार स्क्वायरमा गरिएको हो।

गीतमा नायकद्वय विनोद न्यौपाने र सलोन बस्नेतले नायिका सारा सिर्पालीसँग नृत्य गरेका छन् । दुवैले राजकुमारी सिर्पालीलाई फकाउन गरेकोे प्रयास गीतमा समेटिएको छ । उनीहरू तीनैजना राजपरिवार शैलीको पहिरनमा झण्डै ८० भाइभारदारबीच नाचेको दृश्य फिल्ममा देख्न पाइनेछ । गीतमा सुरेश अधिकारीको शब्द, संगीत र विशाल राई तथा मेलिना राईको स्वर छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ।

निर्देशक आचार्यले फिल्ममा समावेश यही गीतको छायांकनपछि सम्पूर्ण छायांकन सकिएको बताए । ‘यो गीतलाई फरक बनाउन भनेर केहि समय ब्रेक लिएका थियौं । कोरियोग्राफर गम्भीरसँगको छलफलपछि राणाकालीन पोशाक र दरबारमा भारदारहरूसँगको नाचलाई गीतमा प्रस्तुत गरेका हौं,’निर्देशक आचार्यले भने,‘हामीले बनाएको कन्सेप्ट अनुसार गीत राम्रो बनाएका छौं ।’ यो गीतमा शिवराम श्रेष्ठको छायांकन छ।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुरको पनि अभिनय छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी छ ।निर्देशक सुब्रतकै कथा रहेको फिल्ममा अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद, अभिमन्युको पटकथा, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन छ ।

 

प्रकाशित: ३ श्रावण २०७५ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App