१६ चैत्र २०८० शुक्रबार
कला

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

काठमाडौं– भारतकी विवादित मोडल पुनम पाण्डेको कार्यक्रम प्रहरीले रोक्ने भएको छ। कार्यक्रमको लागि आयोजकले प्रशासनबाट अनुमती नलिएको भन्दै कार्यक्रम रोकिने दरवारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले बताए। रुसमा जारी विश्वकप फुटबलको फाइनलको अवसरमा पुनमले आज राति दरबारमार्गस्थित क्लब डेजाभुमा आफ्नो प्रस्तुती दिने र फ्यानसँगै बसेर फुटबल हेर्ने कार्यक्रम छ। पाण्डे शनिबार काठमाडौं आएकी थिइन्।

प्रहरीले भने अनुमति नलिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनअनुसार कार्यक्रम हुन नदिने तयारी थालेको हो। डीएसपी मल्लले पुनम पाण्डेको कार्यक्रम हुन नदिने बताए। ‘अनुमति नलिएकाले प्रशासनबाट कार्यक्रम रोक्न निर्देशन आएको छ। हामीले डेजाभुमा इन्सपेक्टरको टोली खटाएका छौं’, डीएसपी मल्लले भने।

अघिल्लो विश्वकप क्रिकेटमा भारतले जितेमा निर्वस्त्र दौडने घोषणा गरेकी पान्डेले क्रोएसियाले जितेमा आफुले के गर्छु हेर्न क्लब डेजाभुमा आउन समेत भनेकि थिइन्।

यता डेजाभुका सञ्चालक केपी गैरेले कार्यक्रम हुने दाबी गरे। कार्यक्रमको सम्पूर्ण तयारी भइरहेको र पुनम पाण्डेले प्रस्तुती दिने उनको दाबी छ।

यसअघि गत मंसिर २७ गते डिजे मार्समेलो ल्याउने भनेर अन्तिममा नआएपछि डेजाभुमा तोडफोड भएको थियो। यस्तो घटना दोहोरिन नदिन आफूहरु सतर्क रहेको डीएसपी मल्लको भनाई छ।

 

प्रकाशित: ३१ असार २०७५ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App