coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मोडल हन्ट नेपालको तयारी

काठमाडौं– विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले आइतबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो।

आयोजकले प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरुको व्यावसायिक करियर निर्माणमा योगदान पुर्याउने उद्देश्य राखेको छ । प्रतियोगिताको पहिलो अडिसन आगामी साउन ५ गतेबाट सुरु हुँदैछ । काठमाडौंबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै काठमाडौमा आएर सकिनेछ ।प्रतियोगितामा १८ वर्षदेखि २८ वर्षसम्मका अविवाहित युवायुवतीले सहभागिता जनाउन सक्नेछन् । संस्थाका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगीताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिम स्पर्धाका लागि छानिनेछन् ।

कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा हुने प्रतियोगिताका प्रतियोगीलाई पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा, फोटोग्राफर राजभाइ सुवाल, मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बैंकर अनिल केसरी शाहले प्रशिक्षण दिनेछन् ।

प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाका लागि र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विषयमा प्रशिक्षण दिइनेछ ।भदौको अन्तिम साता हुने फिनालेको शीर्ष विजेताले १ लाख रुपैयाँ र उत्कृष्ट तीनभित्र पर्नेले कोरियामा आयोजना हुने ‘लक्जरी ब्रान्ड मोडल अवार्ड’मा सहभागीको अवसर प्राप्त गर्नेछन् । प्रतियोगीताको पुरुष विजेताले चीनमा आयोजना हुने ‘मिस्टर ओसिस’ र महिला विजेताले भारतमा आयोजना हुने ‘सुपर मोडल ग्लोबल’मा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।
 

प्रकाशित: २१ असार २०७५ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App