१६ चैत्र २०८० शुक्रबार
कला

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

काठमाडौं– रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

युवा गीतकार डिपी खनालको शब्द रचना रहेको गीतमा चर्चित संगीतकार शंकर थापाको  संगीत रहेको छ भने विश्व अधिकारीले संयोजन गरेका छन्।

नायिका रीमा बिश्वकर्मा र मोडल मिलन खड्काको अभिनय रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन्।

युवराज वाइबाले निर्देशन गरेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ भने गीतको अडियो र भिडियोलाई डश म्युजिक प्रालिले प्रस्तुत गरेको छ।

भिडियो:

 

प्रकाशित: ७ असार २०७५ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App