coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कलेज एम्बेसडरका प्रतिभा

काठमाडौं– उपत्यकाका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीबीचको सौन्दर्य प्रतियोगिता ‘द कलेज एम्बेसडर २०१८’ का १५ प्रतियोगीले प्रतिभा प्रस्तुत गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकलाका माध्यमबाट आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।

१० औं संस्करणको प्रतियोगितामा ४ पुरुष र ११ महिला गरी १५ प्रतियोगी प्रतिस्पर्धी छन् । प्रतियोगिताका लागि उपत्यकाका विभिन्न १५ कलेजका १ सय ५० बढीले अडिसन दिएका थिए । आयोजक ग्रिन आर्ट मिडियाका सिइओ प्रवीण लाकौरले कलेजमा अध्ययनरत युवायुवतीको प्रतिभा निखार्दै उनीहरूको भविष्य निर्माण गर्न आफूहरूले प्रतियोगिता आयोजना गरेको बताए।

ट्यालेन्ट राउन्डको निर्णायकमा गायिका तथा ‘मिस हेरिटेज’ आश्रा कुँवर, मेकअप आर्टिष्ट रश्मी श्रेष्ठ, फेसन डिजाइनर तथा मोडल महेश उदास, नृत्य निर्देशक राजन शाही र विवस गिरी  थिए । आगामी असार ७ गते हुने फिनाले प्रतियोगीताको कोरियोग्राफर अनिला श्रेष्ठ छिन् ।
 

प्रकाशित: ६ असार २०७५ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App