१६ चैत्र २०८० शुक्रबार
कला

एकसाथ ‘कविता’ र ‘किरण कविता’

काठमाडौं – नव गायकगायिका कविता सिवाकोटी र गायक किरण बिमलीले एकैसाथ दुई एल्बम ‘कविता’ र ‘किरण–कविता’ स्रोतामाझ ल्याएका छन् । दुई एल्बममध्ये एल्बम ‘कविता’ कविताको सोलो हो भने ‘किरण कविता’मा किरणसँग कविताले गायनमा सहकार्य गरेकी छन् । किरण र कविता नातामा दिदीभाई हुन्।

दुवै एल्बमको राजधानीमा संगीतकार बुलु मुकारुङ र संगीतकार संघ नेपालका अध्यक्ष तथा प्राज्ञ शान्तिराम राईले सार्वजनिक गरे । कार्यक्रममा मुरुकाङले नाम जस्तै कविताको गायनकला पनि सुन्दर रहेको बताउँदै उनको गायनमा व्यवसायिकता रहेको जनाए । संगीतकार संघका अध्यक्ष शान्तिरामले पनि कविताको गायनमा दम्भ र रस भएको बताए।

सात वर्षयता गायनमा सक्रिय कविताको यो पहिलो एल्बम हो । एल्बम ‘कविता’ मा ‘दर्के पानी’, ‘टालाटुली’, ‘चिरिबिरी चरी’, ‘गुणा गर मेरो माया’, ‘तिम्रो दिलको चारैतिर’, ‘सबैको नजर’ र ‘मयुरको कल्की’ बोलका गीत छन् । गीतमा कवितालाई राजेशपायल राई, प्रमोद खरेल, किरण विमली र पुष्कर सुनुवारले स्वरमा साथ दिएका छन्।

एल्बममा  किरण के उप्रेतीको सोलो शब्द छ ।त्यस्तै, ‘किरण–कविता’ मा ‘दुइदिने जिन्दगी’, ‘जाली रुमाल’, ‘उकालीको बाटो’, ‘अजम्बरी माया’ गीत छन् । कार्यक्रममा ‘कविता’ एल्बममा समावेश दुई र ‘किरण–कविता’ को एक भिडियो पनि सार्वजनिक गरिएको थियो ।सार्वजनिक तीनमध्ये दुई भिडियोमा भीमफेदी गाइजले फिचरिङ गरेको छ  भने गायक राजेशपायलको युगल गीत ‘दर्के पानी’ मा मोडल अलिशा राईसँगै भीमफेदी गाइजको अभिनय छ । दुवै एल्बमको बजार व्यवस्थापन युथ क्रियशनले गरेको हो ।
 
 

प्रकाशित: २३ जेष्ठ २०७५ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App