७ वैशाख २०८१ शुक्रबार
कला

‘जीरो’को शुटिङका लागि नासा पुगे शाहरुख, अन्तरिक्षमा क्लाइमेक्स

मुम्बई– फिल्म ‘जीरो’को शुटिङका लागि बलिउड अभिनेता शाहरुख खान अमेरिकास्थित नासा मुख्यालय पुगेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार अन्तरिक्षमा कलाइमेक्स शुटिङका लागि शाहरुख अभिनेत्री अनुष्का शर्मा र पुरै टिमसहित ४५ दिनका लागि नासा पुगेका हुन्। फिल्ममा नासाको रकेट र स्पेश शटल जस्ता उपकरण पनि देखाइनेछ। 

अर्काे समाचारअनुसार शाहरुखले १४ वर्षपछि कुनै फिल्मको शुटिङ नासामा गरिरहेका छन्। यो भन्दा पहिले उनले २००४ मा प्रदर्शन भएको फिल्म ‘स्वदेश’को शुटिङ नासामा गरेका थिए।

आनन्द एल रायले निर्देशन गरिरहेको फिल्म ‘जीरो’को टीजर रिलिज भइसकेको छ। आगामी २१ डिसेम्बरमा प्रदर्शनमा आउने सम्भावना रहेको फिल्मको टीजरमा शाहरुख पुड्का भुमिकामा देखिएका छन्। 

फिल्ममा शाहरुख र अनुष्काका अलावा कट्रिना कैफ, आर माधवन मुख्य भुमिकामा देखिने छन्। 

प्रकाशित: १५ जेष्ठ २०७५ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App