coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

र्याम्प नाप्दै गायक तथा पत्रकार

फेसन सोको बारेमा जानकारी गराउँदै फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा ।

काठमाडौं– फेसन सो भन्नासाथ र्याम्पमा व्यावसायिक मोडलको चाललाई बुझिन्छ । तर राजधानीमा आयोजना हुन लागेको एक फेसन सोमा भने गैरव्यावसायिक मोडलले र्याम्प नाप्ने भएका छन् । फेसनमार्फत पहिरनको बजार प्रबर्द्धन गर्नका लागि फेसियल हाउसले आगामी जेठ ११ गते राजधानीमा ‘फेसन ट्रेड सिजन २’ आयोजना गर्न लागेको हो।

राजधानीमा आइतबार पत्रकारमाझ हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले यसपटक व्यावसायिक मोडलभन्दा पनि मोडलिङमा चासो नराख्ने वर्गलाई समेटिएको बताइन् । ‘हामीले यसपटक फेसनभन्दा परका व्यक्तिलाई र्याम्पमा उतार्नेछौं । राजधानीका अधिकांश सोमा एकै किसिमका मोडलहरू प्रस्तुत भइरहँदा दर्शकलाई फरक स्वाद दिनकै लागि ¥याम्प सोमा नयाँ अवधारणा ल्याएका हौं,’ उनले भनिन्, ‘हामीले फेसन सबैका लागि अवधारणा अन्तर्गत यसपटक पत्रकार, गायकगायिका, कलाकार, समलिंगी वर्गलाई समेटेका छौं ।’ उनले सान्दर्भिक फेसनलेबल डिजाइन, मेकअप र भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेसन टेड्रमार्फत प्रस्तुत गर्ने बताइन्।

फेसियल हाउस इन्टरटेनमेन्टका अध्यक्ष उज्वलजंग शाहले फेसनसँग जनजीवनलाई जोड्ने प्रयासअन्तर्गत फेसन सोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको बताए । ‘फेसनमा हिरो–हिरोइन र मोडलले सहभागिता जनाउनुपर्छ भन्ने मान्यता छ । तर सबै पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरू आकर्षक र स्मार्ट बन्न जरुरी हुन्छ । यो फेसन सोबाट यही सन्देश प्रवाह गर्न खोज्दैछौं,’ उनले भने।

आयोजकका अनुसार सोमा साप्ताहिकका सम्पादक सुवास ढकाल, शुक्रबारका सम्पादक केपी ढुंगाना, कामनाका सम्पादक विदुर गिरीलगायतका एक दर्जन पत्रकारले र्याम्प नाप्नेछन् । त्यस्तै करिष्मा मानन्धर, सबिन श्रेष्ठ, क्षितिजा शाक्य, दिक्पाल कार्की, आमेश भण्डारी, एसराज गराचसँगै मिस नेपालहरू उषा खड्गी र सुगरिका केसी, ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम पनि र्याम्पमा देखिनेछन् । त्यस्तै गायक युवराज चौलागाईँ, गायिका आस्था राउत पनि सोमा देखिनेछन्।

झन्डै ४० बढी सहभागीले फेसन डिजाइनर प्रेम देवाको  डिजाइनलाई र्याम्पमा देखाउनेछन् । उनले सहभागीका लागि कस्तो किसिमको डिजाइनमा बनाउने भन्ने तयारी भइसकेको बताए । कोरियोग्राफर लक्की खड्गीले मोडल बाहेकलाई पनि र्याम्पमा उतार्ने चुनौतीको सामना गर्न आफू तयार रहेको बताए । सोमा दिक्पाल कार्की, स्मित तामाङको पनि कोरियोग्राफी हुनेछ।सोका सहयोगी हिट्काका प्रबन्ध निर्देशक प्रदीप प्रधानले फेसन सोबाट नयाँ पहिरन र स्टाइल देखाइने मात्रै नभई व्यवसाय प्रवद्र्धन पनि हुने जनाए । ‘फेसन ट्रेड सिजन वान’को पहिलो संस्करण पोखरामा भएको थियो।

 

प्रकाशित: १ जेष्ठ २०७५ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App