१५ चैत्र २०८० बिहीबार
कला

आमिरको ‘महाभारत’मा द्रौपदी को ?

मुम्बई– बलिउडमा अहिलेसम्मकै मंहगो बजेटमा ‘महाभारत’ सिरिज निर्माणको घोषणा गरेका आमिर खानले ‘द्रौपदी’ चरित्रको अभियनका लागि अभिनेत्रीको खोजी थालेका छन्। 

१ हजार करोड बजेटमा बन्ने यो फिल्ममा आमिरले भगवान कृष्णको भुमिका निभाउने भएका छन्। अन्य कलाकारको टुंगो नलागेको बेला आमिरले महत्वपूर्ण पात्र द्रौपदीको खोजी थालेका हुन्।  

भारतीय सञ्चारमाध्यमका अनुसार आमिरले द्रौपदीका लागि अभिनेत्री दीपिका पादुकोणलाई चुनेका छन्। पद्मावतमा दीपिकाले ‘रानी’ पात्रमा गरेको सशक्त अभिनयबाट प्रभावित भएर आमिरले आफ्नो टिमसँगको छलफलमा द्रौपदी रोलका लागि उनीभन्दा अरु कोही उपयुक्त हुननसक्ने निष्कर्ष सुनाएका छन्।

यद्यपी औपचारिक रुपमा द्रौपदी रोलका लागि आमिरले दीपिकासँग प्रस्ताव भने गरेका छैनन्। यदि दीपिका द्रौपदी रोलका लागि राजी भइन भने आमिरसँग उनले पहिलोपटक स्क्रिन शेयर गर्नेछिन्।

चर्चित अर्बपति उद्योगपति मुकेश अम्बानीको लगानी रहेको फिल्ममा आमिरले दीपिकालाई नै द्रौपदीको भुमिकामा देख्न चाहेको सञ्चारमाध्यमको दाबी छ।

प्रकाशित: १३ वैशाख २०७५ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App