१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

काठमाडौँ – विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ। मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त निर्माणमा बनेको उक्त फिल्मको विहीबार टिजर सार्वजनिक गरिएको हो।

गम्भिर विष्टको कथा रहेको हैरानको कार्यकारी निर्माता भने सम्झना पोखरेल हुन्। फिल्ममा सरोज खनाल, गजित विष्ट, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुस्कर रेग्मी, निस्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतको अभिनय रहेको छ। 

फिल्मको गीतमा सत्य/स्वरुपराज आचार्यको शब्द संगीत रहेको छ। फिल्मको प्रदर्शन मिति जेठ १४ लाई तोकिएको छ। 

प्रकाशित: ६ वैशाख २०७५ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App