३० माघ २०८१ बुधबार
image/svg+xml
कला

'एक्टर टेक वान्'को प्रशंसा गर्दै झाँक्रीले गरिन् हेर्न सिफारिस

पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले फिल्म 'एक्टर टेक वान्‌'को प्रशंसा गरेकी छन्।

मङ्गलबार (आज) फिल्म हेरेको जानकारी दिँदै उनले यसलाई हेर्नैपर्ने फिल्म रहेको बताएकी छन्।

उनले फेसबूकमा लेखेकी छन्, 'एक्टर टेक वान् मौका मिल्यो। एउटा भिन्न कथामा बनेको रहस्यमय चलचित्रजस्तो लाग्यो मलाई। फिल्मको रिभ्यू त गर्न आउँदैन मलाई तर, यो फिल्म गज्जब राम्रो छ। एकपटक हलसम्म पुगेर हेरौँ न हजुर।'

उनले निर्देशन राजन भुसाल, कलाकारहरू प्रदीप खड्का, दिव्य रायमाझी र राजबल्लभ कोइरालाको पनि प्रशंसा गरेकी छन्।

प्रकाशित: २२ माघ २०८१ १९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App